मुख्य समाचार
मुगुको पुरुमुरु र जिमामा फैलिएको रुघाखोकी 'भाइरल' इन्फ्लुएन्जा' भएको पुष्टि
मुगुको पुरुमुरु र जिमामा फैलिएको रुघाखोकी 'भाइरल' इन्फ्लुएन्जा' भएको पुष्टि

: जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका-६ पुरुमुरु गाउँमा तीनजनाको ज्यान जानेगरी फैलिएको रुघाखोकी भाइरस इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाउँपालिका-६ का पुरुमुरु र जिमा गाउँमा डेढ साताअघिबाट फैलिएको मौसमीरुघा खोकीबाट तीनजनाको मृत्यु भएको थियो ।

गाउँ १ सय ५० जना थला परेका थिए । बिरामीहरूमध्ये १० जनाको स्वाव परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो। जाँचका क्रममा भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको हो। स्थानीय ज्वरोले थलिएपछि चिकित्सकसहितको टोली गाउँ पुगेको थियो।

जिल्ला अस्पात मुगुका डाक्टर कमल ढुङ्गानाले दिएको जानकारी अनुसार उक्त क्षेत्रबाट १ सय ५० जनामध्ये १ सय ३५ जनामा भाइरल इन्फ्लुएन्जाको लक्ष्यण देखिएको थियो । परीक्षण गराइएका स्वावमध्ये एक १ जनामा कोभिड -१९ , एक जनामा भाइरल इन्फ्लुएन्जा ए, अर्को एक जनामा भाइरल इन्फ्लुएन्जा बी र अरु ७ जना बिरामीमा भाइरल इन्फ्लुएन्जा भएको रिर्पोट जिल्ला अस्पातलमा प्राप्त भएको डाक्टर ढुङ्गानाले बताए।

सोरु गाउँपालिकाका उपाध्यक्ष केशर बहादुर शाहीले दिएको जानकारी अनुसार केही समय अगाडिबाट फैलिएको रुघाखोकी नियन्त्रण गर्न गाउँपालिकाले औषधिसहित स्वास्थ्यकर्मी परिचान गरेको छ । बुधबार जिल्ला अस्पातलबाट डाक्टरसहितको टोली गाउँ पुग्ने बताएका छन् ।

उपाध्यक्ष शाहीका अनुसार दुबै गाउँमा अहिले बिरामीको संख्या पहिलाको भन्दा घट्दै आएको छ। सोरुगाँउपालिका —६ पुरुमुरु गाउँका ७२ वर्षीय हरिबहादुर शाही सोही गाउँकी ७५ वर्षीया कृति छत्याल र २४ वर्षीया कुशुम ढोलीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
माननीय मन्त्रीज्यु, मलाई हराउने नाममा देशलाई नहराउनुहोला : मेयर बालेन
। तीन वटा सरकारी अस्पतालबाट मस्तिष्क पक्षाघात (ब्रेनस्ट्रोक) भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइने भएको छ । अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वर्ल्डवाइड’ को सहजीकरणमा उक्त औषधि उपलब्ध भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रारम्भिक चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध ...
व्यवस्थाविरोधी प्रदर्शनप्रति मौन रहने रास्वपाको रणनीति
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाइए संसद बहिष्कार गर्ने प्रभु साहको चेतावनी
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले शनिबारदेखि सुरु हुन लागेको १८औं संस्करणको इन्डियन प्रीमियर लिग (आईपीएल)का लागि केही नयाँ नियम लागू