मुख्य समाचार
दक्षिण कोरियाली जितमा गोलरक्षक ह्वेन–उ नायक
दक्षिण कोरियाली जितमा गोलरक्षक ह्वेन–उ नायक

— दोस्रो रोजाइका गोलरक्षक जो ह्वेन–उ टाइब्रेकरमा नायक सावित भएपछि दक्षिण कोरियाले साउदी अरेबियालाई पराजित गर्दै एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब उसको सामना अस्ट्रेलियासँग हुनेछ ।

निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो र त्यसमा दक्षिण कोरिया ४–२ ले विजयी रह्यो । ह्वेन–उले सामी अल–नाजेइ र अब्दुल रहमान घारेबको पेनाल्टी प्रहार जोगाएका थिए ।

योर्गन क्लिन्समनको दक्षिण कोरियाका लागि ह्वाङ हि–चानले पेनाल्टीमा निर्णायक गोल गरे । यसअघि साउदी अरेबियाले अब्दुल्ला रडिफको गोलले अग्रता लिएयता खेलको ९९ औं मिनेटमा चो गुए–सङले बराबरी गोल फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...

: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...