मुख्य समाचार
इंग्लिस प्रिमियर लिग : भिल्लाको अपराजित यात्रामा न्युकासलको धक्का
इंग्लिस प्रिमियर लिग : भिल्लाको अपराजित यात्रामा न्युकासलको धक्का

— इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाको घरेलु मैदानको अपराजित यात्रामा मंगलबार न्युकासल युनाइटेडले पूर्णविराम लगाइदिएको छ ।

त्यसमा न्युकासल ३–१ ले विजयी रह्यो । आसर्नलले भने नटिङ्घम फरेस्टलाई २–१ ले हरायो र अंक तालिकाको दोस्रो स्थानमा उक्लियो ।

आर्सनलका जितमा ग्याब्रिएल जेसस र बुकायो साकाले गोल गरे । डिसेम्बरयताको पहिलो घर बाहिरको जितपछि आर्सनलले लिग तालिकाको शीर्षमा रहेको लिभरपुलसँगको दूरी दुई अंकमा छोट्याएको छ ।

न्युकासलको जितमा भने फाबिन स्चरले दुई गोल गरे । लुटन टाउनले भने ब्राइटनमाथि ४–० को अविश्वसनीय जित निकाल्दै रेलिगेसन क्षेक्र छाडेको छ । त्यसा एलिजह एबिबायोले ह्याट्रिक रचे ।

अन्य खेलमा क्रिस्टल प्यालेसले सेफिल्ड युनाइटेडलाई ३–२ ले हरायो भने फुलहम र एभरटनले गोलरहित बराबरी खेले । यो नतिजाले एभर्टनले फेरि रेलिगेसन क्षेत्रमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...

: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...