मुख्य समाचार
भारतले नेपाललाई दिने अनुदान १०० करोडले बढायो
भारतले नेपाललाई दिने अनुदान १०० करोडले बढायो

— भारतले नेपाललाई दिने अनुदान रकममा १०० करोड भारतीय रुपैयाँ बढाएको छ । बिहीबार भारतीय संसद्‍मा अर्थमन्त्री निर्मला सीतारमणले पेस गरेको अन्तरिम बजेटमा नेपाललाई दिइने अनुदान बढाइएको उल्लेख छ ।

यसअघि गत वर्ष फेब्रुअरी १ मा प्रस्तुत २०२३/२०२४ को बजेटमा नेपाललाई ५५० करोड भारतीय रुपैयाँ अर्थात ८ अर्ब ८० करोड नेपाली रुपैयाँ अनुदान सहयोग गर्ने उल्लेख थियो । बिहीबार प्रस्तुत बजेटमा उक्त रकमलाई परिमार्जन गर्दै ६५० करोड भारु अर्थात १० अर्ब ४३ करोड नेपाली रुपैयाँ पुर्‍याइएको हो ।

दक्षिण एसियाली मुलुकहरूमा भारतले सबैभन्दा बढी मालदिभ्सलाई अनुदान सहयोग गर्ने भएको छ । २०२३/२०२४ का लागि भारतले मालदिभ्सलाई ७७० करोड भारु अनुदान दिने भएको छ । यसअघि प्रस्तुत गरिएको बजेटमा भने मालदिभ्सलाई ४०० करोड भारु अनुदान दिने उल्लेख थियो । बिहीबार पेस गरिएको बजेटमा उक्त रकमलाई परिमार्जन गर्दै ३७० करोड भारु बढाइएको हो ।

त्यस्तै भुटानलाई दिने अनुदान रकम घटाएर भारतले ऋण भने बढाएको छ । यसअघि १ हजार ६ सय ३२ करोड अनुदान र ७ सय ६८ करोड ऋण दिने उल्लेख भएकोमा बिहीबार उक्त रकमलाई परिमार्जन गर्दै अनुदान ७ सय ८४ करोड र ऋण १ हजार ६ सय १४ करोड दिने उल्लेख गरिएको छ ।

भारतले श्रीलंकालाई दिने अनुदान रकम भने घटाएको छ । यसअघि १५० करोड भारु अनुदान दिने अनुमान पेस गरिए पनि बिहीबार पेस बजेटमा उक्त रकम घटाउँदै ६० करोडमा झारिएको छ । त्यस्तै अफगानिस्तानलाई दिने अनुदान र ऋणमा २०/२० करोड बढाएर २२०/२२० करोड भारु पुर्‍याइएको छ । त्यस्तै अर्को छिमेकी मुलुक बंगलादेशलाई दिने अनुदान रकममा पनि भारतले ७० करोड कटौती गरेको छ । बंगलादेशलाई भारतले १३० करोड भारु अनुदान दिने बजेटमा उल्लेख छ ।


अर्थमन्त्री सीतारमणले २०२४ को लोकसभा चुनावअघि संसद्‍मा अन्तरिम बजेट पेस गरेकी हुन् । उनले बजेट पेस गर्ने क्रममा भारतीय बजेट-२०२४ लाई 'भारतको भविष्यको बजेट' बताइन् । उनले आफ्नो सम्बोधनमा सन् २०४७ सम्ममा भारतलाई विकसित राष्ट्र बनाउने पनि जनाएकी छिन् ।

अर्थमन्त्री सीतारमणले सौर्य ऊर्जाअन्तर्गत १ करोड घर परिवारलाई ३०० युनिट बिजुली नि:शुल्क उपलब्ध गराउने उल्लेख गरेकी छिन् । त्यस्तै पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिकाहरूलाई खोप लगाउने पनि बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...