— अफगानिस्तानको कामचलाउ सरकारका कार्यवाहक विदेशमन्त्री मौलावी अमिर खान मुत्ताकीले अफगानिस्तान विश्व समुदायसँग सकारात्मक र विभिन्न राष्ट्रहरूसँगको राम्रो सम्बन्धमा जोड दिएको बताएका छन्।
अफगानिस्तानमा भएको क्षेत्रीय सम्मेलनको समापनपछि पत्रकार सम्मेलनमा मुत्ताकीले उक्त कुरा बताएका हुन् । उनले विश्व समुदायसँग आफूहरु सकारात्मक सम्बन्ध राख्न चाहेको बताए ।
'अफगानिस्तान क्षेत्रीय सहयोग पहल' शफर्षकको सम्मेलन अफगान कार्यवाहक सरकारले आयोजना गरेको थियो । सबै सहभागीहरूले शान्तिपूर्ण र प्रगतिशील अफगानिस्तान क्षेत्रको हितमा जोड दिएका थिए ।
सम्मेलनमा सहभागी सबैले मध्य एसियालाई दक्षिण एसियासँग जोड्न अफगानिस्तानको भूमिकामा जोड दिएको मुत्ताकीले बताए । ठूला विकास आयोजना कार्यान्वयनमा सहकार्य गर्न सहभागीहरू सहमत भएको उनले दाबी गरेका छन् ।