मुख्य समाचार
लमजुङका एक युवकको जापानमा मृत्यु
लमजुङका एक युवकको जापानमा मृत्यु

— लमजुङका एक जना युवकको जापानमा मृत्यु भएको छ । दोर्दी गाउँपालिका-६, छोटेखोला घर भइ हाल जापानको नागोया सहरमा बस्दै आएका २२ वर्षीय युवराज तामाङको मृत्यु भएको हो ।

पारिवारिक स्रोत र उनका साथीहरूले युवराजको हृदयघातबाट निधन भएको जानकारीमा आएको बताएका छन् । जनवरी ३१ तारिखका दिन बिहान ७ बजेर ३ मिनेट जाँदा (नेपाली समयअनुसार बुधबार बिहान पौने ४ बजेतिर) युवराजको निधन भएको अस्पतालले जानकारी दिएको उनका साथीहरूले बताएका छन् ।

उनीसँगै बेंसीसहरमा क्याम्पस पढेर जापानमा पनि एउटै भवनमा बसेर एउटै कलेजमा पढ्दै आएका विपिन घिमिरेका अनुसार युवराज र उनी छुट्टाछुट्टै कोठामा बस्दै आएका थिए । युवराजसँगै बस्दै आएका साथीले राति मोबाइल हेरिरहेका युवराज एक्कासि असहज अवस्थामा भएको थाहा पाएपछि खबर गरेको र सबै मिलेर अस्पताल लगेको बताए । ‘हामीले जानकारी पाउनेबित्तिकै अस्पताल लग्यौं । साथीलाई बचाउन सकेनौं,’ घिमिरेले भने ।

विद्यार्थी भिसामा २०७९ कात्तिक २७ गते जापान पुगेका युवराज जापनको नागोया सहरस्थित नेनपाकु कुमा बस्दै इक्सास जापानी भाषा विद्यालयमा पढ्दै आएका थिए । दोर्दी गाउँपालिका-६ का वडा सदस्य एवं मृतकका मामा नाता पर्ने भीमबहादुर तामाङले युवराजको शव नेपाल ल्याउन पहल भइरहेको बताए ।

हाल बेंसीसहर बस्दै आएका युवराजको परिवारमा बुवाआमा, एक जना दिदी र एक जना दाइ छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापान सरकारले प्रदान गर्ने छात्रवृत्ति पाएका नेपाली विद्यार्थीहरूको बिदाइ गरिएको छ। नेपालस्थित जापानी राजदूत माएदा तोरुले शुक्रबार स्नातक, स्नातकोत्तर र विशेष तालिमका लागि छात्रवृत्ति पाएका नेपालीहरूको बिदाइ गरेका हुन्। जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयले उक्त छात्रवृत्ति ६ जना नेपालीलाई प्रदान गरेको छ। जापानले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको एक वर्षपछि सन् ...
: जापानले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गलत कागजात पेस गरेको आरोपमा उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई आइतबार नेपाल फर्काइएको हो। स्रोतका अनुसार दुई जनालाई थाइ एयरको विमानबाट र तीन जनालाई श्रीलंकन एयरलायन्सको विमानबाट काठमाडौं फर्काइएको हो। झुटो कागजात ...
। जापानको नागाइजुमीमा रहेको झण्डै एउटा पत्रिका जत्रै आकारको एउटा पार्कले विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम लेखाएको छ । २.६ वर्गफिट आकारको यो पार्कमा घाँसको एउटा सानो गाज, ढुंगाका केही टुक्रा र आगन्तुकका लागि बस्ने एउटा टूल रहेको छ । यो पार्क त्यहाँ सन् १९८० को दशकदेखि नै रहेको भएपनि हालैमात्र यसले विश्वको ...
: जापानको अध्यागमनले दुई जना नेपालीलाई निष्कासन गरेको छ। जापानको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासनमा पर्नेमा पुन र भुजेल रहेको स्रोतले बताएको छ। उनीहरू गत साता काठमाडौं आइपुगेको स्रोतको भनाइ छ। अमेरिकामा मात्र नभई जापान, दक्षिण कोरिया, स्पेन, जर्मनी, ब्राजिल, मलेसिया, दुवई लगायतका मुलुकहरुले गैरकानुनी रूपमा आएका आप्रवासीलाई निष्कासन गरेका छन्। त्यसको मारमा नेपालीहरु ...
। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौंमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह गरेका छन् । नेपालका लागि जापानका राजदूत मायडा तोरुसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको ...