मुख्य समाचार
'साम्बा'ले फ्रान्सको माथिल्लो डिभिजनमा खेल्ने
'साम्बा'ले फ्रान्सको माथिल्लो डिभिजनमा खेल्ने

— नेपाली महिला राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी'साम्बा'ले फ्रान्सको माथिल्लो डिभिजनको क्लब अन आभान्ट ग्वेङगाम्पबाट खेल्ने निश्चित भएको छ । सावित्राले बिहीबार क्लबसँग औपचारिक रूपमा अनुबन्ध गरेकी हुन् ।

यसअघि उनले इजरायलको हापोएल रानानाबाट खेलेकी थिइन् । फ्रान्सेली क्लबसँग खेल्ने यसै साताको सुरुमा उनी फ्रान्सतर्फ गएकी थिइन् । क्लबले अनुबन्धपछि सावित्राको भिडियो क्लिप पनि सार्वजनिक गरेको छ ।

युरोपेली महिला फुटबलमा फ्रान्सको लिग माथिल्लो स्तरको मानिन्छ । अहिले ग्वेङगाम्प लिग तालिकाको दसौं स्थानमा छ । क्लबले १२ खेलबाट आठ अंक जोडेको छ ।

यसअघि उनले इन्डियन्स वुमेन्स लिगमा सनसनी मच्चाएकी थिइन् । उनले २०२२-२३ को सिजनमा चार ह्याट्रिकसहित २९ गोल गरेर इतिहासमेत रचेकी थिइन् । त्यस्तै लिगमा ३ सिजन खेलेकी साम्बाको नाममा सबैभन्दा बढी गोल गर्ने रेकर्डसमेत रहेको छ । उनले इन्डियन वुमेन्स लिगमा ५९ गोल गरेकी छिन् । उनीपछि ४ सिजन खेलेकी बाला देवीको नाममा ४८ गोल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...