मुख्य समाचार
युनिभर्सलले टेलर स्वीफ्ट र वीकेन्डसहितका लाखौं गीत टिकटकबाट हटाउने
युनिभर्सलले टेलर स्वीफ्ट र वीकेन्डसहितका लाखौं गीत टिकटकबाट हटाउने

। रकम भुक्तानीसम्बन्धी वार्ता निष्कर्षविहीन भएपछि विश्वको ठूलो म्युजिक कम्पनी युनिभर्सल म्युजिकले आफ्ना लाखौं गीतलाई टिकटकबाट हटाउने भएको छ ।

यसको अर्थ– अब चिनियाँ एप टिकटकले टेलर स्वीफ्ट, द वीकेण्ड र ड्रेक लगायतका कलाकारको गीतमा पहुँच पाउनेछैन । युनिभर्सल म्युजिकले टिकटकले आफूलाई धम्काएको आरोप समेत लगाएको छ । अन्य सामाजिक सञ्जालकै दरमा भुक्तानी गर्न टिकटकले दबाब दिएपछि युनिभर्सलले यो कदम चालेको बीबीसीले जनाएको छ ।


टिकटकले चाहिं युनिभर्सलले झुटो बयानबाजी गरिरहेको आरोप लगाएको छ । संगीत कम्पनीले आफ्ना गीत सामाजिक सञ्जालमा प्ले भएपछि मात्र रोयल्टी भुक्तानी कमाउँछन् ।

चिनियाँ कम्पनी बाइटडान्सको मातहतमा रहेको टिकटकका एक अर्ब प्रयोगकर्ता छन् । ‘यो भनेको युनिभर्सलको कुल राजस्वको एक प्रतिशत हो,’ स्रोतले भन्यो ।

विश्वको एक तिहाइ संगीतको स्वामित्व लिने युनिभर्सलले कलाकार र गीतकारलाई खुला पत्र लेख्दै टिकटकले संगीतको लागि उचित मूल्य नतिरी संगीतमा आधारित व्यवसाय चलाउन खोजिरहेको उल्लेख गरेको छ ।

युनिभर्सलले उक्त पत्रमा आफू कलाकार र गीतको उचित क्षतिपूर्ति मात्र नभएर टिकटक प्रयोगकर्ताको अनलाइन सुरक्षा र कृत्रिम बौद्धिकता (एआई)का प्रभावलाई लिएर समेत चिन्तित भएको जनाएको छ ।

३१ जनवरीसम्मको सम्झौता सकिएपछि टिकटकलाई आफ्ना संगीत सामग्री दिन बन्द गर्ने युनिभर्सलले जनाएको छ । यसबारे टिकटकले युनिभर्सलले आफ्ना गायक र गीतकारलाई मात्र केन्द्रमा राखेर स्वार्थ प्रदर्शन गरेको तथा यसबाट आफू दुःखी भएको प्रतिक्रिया दिएको छ ।

युनिभर्सलले सामाजिक सञ्जालबाट आफ्ना गीत हटाउन ठूलो कदम चालेको यो पहिलोपटक हो । गत वर्षको जुलाईमा विश्वको तेस्रो ठूलो म्युजिक कम्पनी वार्नर म्युजिक र टिकटकले इजाजतपत्र सम्झौता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...