— कोबी माइनुले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले बिहीबार इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई ४–३ ले हराएको छ ।
सात गोलको रोमाञ्चक खेल जितेपछि युनाइटेड अंक तालिकाको सातौं स्थानमा उक्लेको छ । उसको २२ खेलबाट ३५ अंक भयो । उल्भ्स भने २९ अंकमा ११ औं स्थानमा छ । युनाइटेडले सुरुमै २–० को अग्रता लिएको थियो । खेल सकिन पाँच मिनेट अगाडिसम्म युनाइटेड ३–१ ले अगाडि थियो ।
अर्को खेलमा वेस्ट ह्यामले बर्नमाउथसँग १–१ को बराबरी खेल्यो । वेस्ट ह्याम ३६ अंकमा छैटौं स्थानमा छ ।