मुख्य समाचार
यती एअरलाइन्सले एकैपटक थप्यो दुई वटा जहाज
यती एअरलाइन्सले एकैपटक थप्यो दुई वटा जहाज

— अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्सले आफ्नो सेवा बिस्तार गर्ने क्रममा दुई वटा एटिआर ७२-५०० विमान थप गरेको छ । थप गरेको यो विमानले बिहीबार साँझ ५:२० र ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेका थिए ।

यतीले ७२ सिट क्षमताको दुईवटै विमान बंगलादेशबाट खरिद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटिआर ७२-५०० वायुयानको संख्या ७ पुगेको छ ।

थप गरिएको वायुयानले नेपाली रजिष्ट्रेशन ९एन- एओएफ र ९एन-एओएच (9N-AOF and 9N-AOH) पाएको छ । खरिद गरिएका विमानहरु यतीका क्याप्टेनहरुले नै बंगलादेशको ढाकाबाट उडान गरी नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनले कम्पनीले थप गरेको जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा बिस्तार गर्ने नीति लिएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी १ सातापछि उडान सेवा दिने बताए ।


यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाकाले आन्तरिक हवाई सेवालाई अझै सहज तथा सुलभ बनाउन थप जहाज भित्राउने नीति लिएको र जहाज थप गरेसँगै यात्रुहरुलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याई १० वटा पुर्‍याउने लक्ष्य रहेको र यसले गुमेको बजार हिस्सा कायम गदै यात्रुहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्ने उनको भनाइ छ । एटिआर कम्पनीको वेबसाइटकाअनुसार एटिआर ७२-५०० टर्बोप्रप विमानले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ ।

७०–७२ सिट क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । पिडब्लु १२७ इन्जिनहरूद्वारा संचालित एटिआर ७२-५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुनेछ ।

यती एअरलाइन्स हालसालै एशियन लाईफ ईन्स्योरेन्सलाई लगानीकर्ताको रुपमा भित्राएको लिमिटेड कम्पनी हो । कम्पनीले यसै वर्षभित्र सर्वसाधरणको लागी आईपिओ जारी गर्ने लक्ष्य लिएको छ ।

हाल यतीले नेपालको सुगम गन्तव्यहरु काठमाडौं, चन्द्रगढी, बिराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरु गर्दै आएको छभने अन्तर्राष्ट्रिय तर्फ चार्टर र नन–सेड्युल उडान गरी हवाईसेवा प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वीरगन्ज नाकाबाट नेपाल उत्पादित मालसामानको विदेशमा निर्यात बढेको छ। गत आर्थिक वर्ष २०८१/८८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा २ सय २७ प्रतिशतले बढी मालसामान भारत तथा तेस्रो मुलुकमा निर्यात बढेको हो। गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै १ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको नेपालमा उत्पादित मालसामान भारत तथा तेस्रो ...
। गत आर्थिक वर्ष २०८१/८२ को कुनै पनि महिना लक्ष्य अनुसार भन्सार राजस्व संकलन हुन नसकेको देखिएको छ । भन्सार विभागका अनुसार गत आव विभागले ४ खर्ब ८४ अर्ब ७ करोड रुपैयाँ बराबर राजस्व उठाएको छ । यो लक्ष्यको ८३.०१ प्रतिशत हो । यस आव विभागको लक्ष्य ५ खर्ब ८२ अर्ब ६७ करोड रुपैयाँ थियो । विभागले ...
: नेपालको पहिलो चिज उत्पादन केन्द्र लाङटाङ बन्द हुने अवस्थामा पुगेको छ। २००९ सालमा स्थापना भएको केन्द्रमा किसानले दूध न्यून मात्रामा मात्र ल्याउन थालेपछि केन्द्र बन्द हुने अवस्थामा पुगेको हो। सरकारले उचित मूल्य नदिँदा चौँरीपालक किसान घटेका छन् जसले गर्दा दूध उत्पादन घटेको छ। केन्द्र प्रमुख ग्याल्बु तामाङका अनुसार केन्द्रमा अहिले दैनिक ८० देखि ...
: वीरगन्ज नाका हुँदै एक वर्षमा करिब १ खर्ब ९२ अर्ब रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसबाट वीरगन्ज भन्सार कार्यालयले ८१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज नाकाबाट डिजेल, पेट्रोल, एलपी ग्यास, एटीएफ र मट्टितेलजस्ता पेट्रोलियम पदार्थ आयात भएको हो। वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ...
। इन्धन आयातमा एक वर्षमै ३ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ विदेशिएको छ । भन्सार विभागका अनुसार डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र अन्य प्रकारका इन्धन आयातमा उक्त रकम बराबर विदेशिएको हो । सरकारले इन्धन आयातका माध्यमबाट मात्र १ खर्ब २९ अर्ब ४३ करोड बराबर राजस्व उठाउन सफल भएको छ । यस आवमा कुल १८ खर्ब ...