मुख्य समाचार
वेस्टइन्डिजमाथि अष्ट्रेलियाको सहज जित
वेस्टइन्डिजमाथि अष्ट्रेलियाको सहज जित

। घरेलु टोली अष्ट्रेलियाले पहिलो ओडीआई खेलमा वेस्टइन्डिजलाई ८ विकेटले हराएको छ । योसँगै तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि २३२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

कप्तान स्टिभ स्मिथ ७९ बलमा ८ चौकासहित सर्वाधिक ७९ रन बनाए ।

त्यस्तै क्यामरन ग्रीन १०४ बलमा ४ चौका र २ छक्कासहित ७७ रनमा अविजित रहे । ओपनर जोश इंग्लिस ४३ बलमा १० चौका र १ छक्कासहित ६५ रनमा आउट भएका थिए ।

वेस्टइन्डिजका म्याथ्यु फर्ड र गुडाकेश मोतीले १–१ विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४८.२ ओभरमा २३१ रनमा अल आउट भयो । वेस्टइन्डिजका केसी कार्टीले १०८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ८८ रन बनाए ।

रोश्टन चेशले ६७ बलमा ७ चौकासहित ५९ रन बनाए । अष्ट्रेलियाका डेब्यू खेल खेलेका तीव्र गतिका बलर जेभियर बर्टलेटले ९ ओभरमा १७ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिए ।

सन एबोट र क्यामरन ग्रीनले २–२ विकेट लिए । दोस्रो ओडीआई आइतबार र तेस्रो मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...