मुख्य समाचार
हट एयर बेलुनले पायो साविकभन्दा तीन गुणा बढी उचाइमा उड्ने अनुमति
हट एयर बेलुनले पायो साविकभन्दा तीन गुणा बढी उचाइमा उड्ने अनुमति

। हट एयर बेलुनमा यात्रु उडाउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिन सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यो साविकको तुलनामा तीन गुणा बढी हो ।

यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपास दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बेलुन नेपाल अध्यक्ष विक्रम बाडेले बताए ।

पोखरा लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तराष्ट्रिय विमानस्थल टावर फ्रिक्वेन्सी निरन्तर अनुगमन गरी उडान गर्न मन्त्रीस्तरको निर्णय अनुसार अनुमति प्रदान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटीसी अधिकृत मुकेश डंगोललाई उदद्धृत गर्दै कम्पनीले जनाएको छ ।

उडान स्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुन उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययनपछि अनुमति प्राप्त गरेको बाडेले बताएका छन् ।

तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हट एयर बेलुन । बेलुन आकारमा देखिने यसको ‘इनभेलप’ भित्र पंखाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ ।

तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित हुन्छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्छन् ।

सूर्योदय मन पर्नेले बिहानको उडान रोज्न सक्छ्न भने सूर्यास्त मन पराउनेले साँझको । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ ।

उचाइमा उडान हुने भएकाले पन्जा र टोपीसहित न्यानो कपडा लगाउनु राम्रो हुन्छ । हिल भएको जुत्ताचप्पल भन्दा स्पोर्ट्स जुत्ता लगाउनु उत्तम हुन्छ । टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ ।

क्यामेरा÷मोबाइलबाट फोटो खिच्दा तल नझरोस् भनेर सावधानी अपनाउनुपर्छ । सीमित उडान हुने भएकाले पहिले नै बुकिङ गरेर जाँदा राम्रो हुन्छ ।

आधा घन्टा उडान गर्न नेपालीले ९ जहार ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । ३ देखि ९ वर्षका बालबालिकालाई प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ । भारतीय तथा सार्क राष्ट्रका नागरिक र अन्य देशका नागरिकका लागि फरक शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...