: हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाबाट तीन दिनदेखि सुत्केरी बेथा लागेकी गर्भवतीको उद्धार गरिएको छ।
शे–फोक्सुण्डो गाउँपालिका-३ साल्दाङकी ३२ वर्षीया छिरिङ छोडेन लामाको सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो।
बेथा लागेको तीन दिनसम्म पनि सुत्केरी हुन नसकेपछि राष्ट्रपति हवाई उद्धार कार्यक्रममार्फत आज उद्धार गरेर सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले बताए।