मुख्य समाचार
यसकारण प्रियंका चोपडा र निक जोनस अमेरिकास्थित भव्य बंगला छाड्न बाध्य
यसकारण प्रियंका चोपडा र निक जोनस अमेरिकास्थित भव्य बंगला छाड्न बाध्य

। प्रियंका चोपडा र निक जोनसले अमेरिकाको लस-एन्जलसस्थित आफ्नो घर छाड्नुपरेको छ । यो बंगला यो जोडीले सन् २०१९ मा करिब २ करोड डलरमा किनेका थिए । रिपोर्टका अनुसार घरमा पानी चुहावटले क्षति पुर्‍याएपछि उनीहरुले कठिनाइको सामना गर्नुपरेको थियो । जसले गर्दा घरमा ओसिलोपन देखिन थालेको थियो । यस विषयमा उनीहरुले प्रोपर्टी डिलरविरुद्ध मुद्दा समेत दायर गरेका छन् ।

यो घरमा प्रियंका आफ्ना पति निक जोनस र छोरी मालतीसँग बस्दै आएकी थिइन् । यो विलासी घरमा ७ शयनकक्ष, ९ बाथरुम, तापमान नियन्त्रित वाइन सेलर, शेफको किचन, होम थिएटर, बलिङ्ग गल्ली, स्पा, स्टीम शावर, जिम र बिलियर्ड कोठा छन् ।

घर बेच्ने व्यक्तिलाई दम्पतीले मुद्दा हालेका छन् । पानी चुहिँदा स्वास्थ्यमा असर पार्ने र स्वास्थ्य बिग्रन सक्ने उनीहरुले उजुरीमा उल्लेख गरेका छन् । रिपोर्टका अनुसार प्रियंका र निकले मे २०२३ मा घर बेच्ने बिक्रेताविरुद्ध मुद्दा हालेका थिए । जबदेखि सम्पत्ति खरिद गरिएको थियो, त्यहाँ स्पा र पूलमा समस्या आउन थालेको थियो । घरको धेरै भागमा लेउ लाग्ने समस्या पनि देखिन्थ्यो । त्यसयता घरको बार्बेक्यु क्षेत्रमा पानी चुहने समस्या पनि सुरु भएको थियो ।





यस समस्याबाट भएको नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने दम्पतीले माग गरेका छन् । साथै, क्षतिग्रस्त वस्तुको मर्मत खर्चका लागि क्षतिपूर्तिको माग गरिएको छ । यो घरको मर्मत गर्न करिब १५ लाख डलरदेखि २५ लाख डलर लाग्ने बताइन्छ ।

अहिले प्रियंका र निक छोरीलाई लिएर अर्को घरमा बसेका छन् । चुहावटको समस्या समाधान नभएसम्म उनीहरु अर्को घरमा बस्नेछन् । यद्यपि प्रियंका र निक आफ्नो कामको लागि संसारभर घुमिरहन्छन् । तर दम्पतीको घर लस एन्जलसमा छ, जहाँ उनीहरू दुवै विगत केही वर्षदेखि सँगै बस्दै आएका छन् ।

निक जोनस केही समयअघि आफ्ना दुई दाजु जो र केभिनसँग भारत आएका थिए । उनले मुम्बईको म्युजिकल फेस्टिबल ‘लोल्लापालुजा इन्डिया’ मा पनि प्रस्तुति दिएका थिए । प्रदर्शनका क्रममा भारतीय फ्यानले उनलाई स्वागत गर्दै ‘जिजु’को नारा लगाएका थिए । प्रियंका हलिउड फिल्म ‘द ब्लफ’ मा देखिनेछिन् । यो फिल्मको छायांकन असारबाट सुरु हुनेछ ।

यसअघि प्रियंकाले हलिउड प्रोजेक्ट ‘बेवाच’, ‘द म्याट्रिक्स रिसरेक्सन्स’ र गत वर्षको रोमान्टिक कमेडी ‘लभ अगेन’मा काम गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...