मुख्य समाचार
‘स्पाइडरम्यान ४’ आउने पक्का, टम हल्याण्ड नै हुनेछन् शीर्ष भूमिकामा
‘स्पाइडरम्यान ४’ आउने पक्का, टम हल्याण्ड नै हुनेछन् शीर्ष भूमिकामा

। यदि तपाईं मार्वल स्टुडियोको विश्वचर्चित फिल्म ‘स्पाइडरम्यान’को प्रशंसक हुनुहुन्छ भने नयाँ खबर छ । निर्माताले चौथो श्रृंखला बनाउने भएका छन् ।

धेरैलाई लागिरहेको थियो– स्पाइडरम्यानको पछिल्लो श्रृंखला ‘नो वे होम’ श्रृंखलाको अन्तिम हुनेछ । अभिनेता टम हल्याण्ड पनि यो श्रृंखलामा देखिनेछैनन् । तर स्पाइडरम्यानको नयाँ श्रृंखला आउँदैछ ।

निर्माता एमी पास्कलले सन् २०२३ को मे महिनामा स्पाइडरम्यानको नयाँ श्रृंखला अपरिहार्य भएको बताएका थिए । अभिनेता हल्याण्डले नयाँ श्रृंखला अझै प्रारम्भिक चरणमा रहेको बताएका थिए ।

यस्तोमा मार्वल सिनेम्याटिक युनिभर्सका प्रमुख केभिन फेगले ‘स्पाइडरम्यान ४’ बारे नयाँ खबर बाहिर ल्याएका हुन् । मार्वल फिल्मसँगको एक अन्तर्वार्तामा उनले आफूहरुसँग चौथो श्रृंखलाको कथावस्तु रहेको बताए । उनले भने, ‘हाम्रा लेखकले केही समयदेखि आफ्ना विचारलाई कागजमा उतार्न थालेका छन् ।’

जनवरी २०२४ सम्म स्पाइडरम्यानको नयाँ श्रृंखला कहिले बन्छ भन्ने कुरा यकिन त भइसकेको छैन । तर उनले सन् २०२४ कै जुलाईतर्फ ईशारा गरेका छन् । हलिउडमा चलेको लामो हड्तालका कारण फिल्मको निर्माण प्रभावित भएको थियो । मार्वल स्टुडियोका केही फिल्मको निर्माण नै रोकिएको थियो ।

सोनी र मार्वल स्टुडियोबीच हालै भएको कुराकानीअनुसार सन् २०२४ भित्रै फिल्मको निर्माण सकिने जनाइएको छ । अहिलेसम्म आएका सबै ‘स्पाइडरम्यान’ फ्रेन्चाइजीमा स्पाइडरम्यानको भूमिका चित्रण गरेका कलाकारलाई निकै मन पराइएको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने टम हल्याण्डलाई ‘स्पाइडरम्यान ४’ मा देख्न सकिन्छ । जेन्डाया र ज्याकोब बाटालोन पनि यसमा देखिनेछन् ।

स्पाइडरम्यानको तीनवटा श्रृंखलामा टम हल्याण्डले दमदार अभिनय गरेका छन् । उनी ‘स्पाइडरम्यान : होम कमिङ’, ‘स्पाइडरम्यान : नो वे होम’ र ‘स्पाइडरम्यान : फार फ्रम होम’मा देखा परेका छन् र दर्शकले निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...