मुख्य समाचार
नेपाल भारतसँग १३२ रनले पराजित
नेपाल भारतसँग १३२ रनले पराजित

: नेपाल भारतसँग १३२ रनले पराजित भएको छ। आइसीसी यु-१९ विश्वकपमा नेपाल १६५ रनमै अलआउट भएपछि भारत विजयी बनेको हो।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए। त्यस्तै ओपनर दीपक बोहोराले २२ र अर्जुन कुमालले २६ रन बनाए। त्यस्तै विशाल विक्रम केसी र गुल्शन झा एक-एक रन बनाउँदा दीपक डुम्रे र दीपेश कँडेल शून्यमै पेभेलियन फर्किएका थिए। त्यस्तै सुवास भण्डारी ५ रन बनाउँदा दुर्गेश गुप्ता २९ र आकाश चन्द १८ रनमा अविजित रहे। भारतका लागि साउमी पाण्डेले ४ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर २९७ रन बनाएको थियो।

भारतका लागि कप्तान उदय सहरन र सचिन धासले शतकीय इनिङ खेलेका थिए। उदय १०० र सचिन ११६ रन बनाएर पेभेलियन फर्किएका थिए। त्यस्तै आदर्श सिंहले २१, अर्शिन कुलकर्नीले १८ र प्रियंशु मोलियाले १९ रन बनाए। मुसिर खान ९ रनमा अविजित रहे।

फितलो फिल्डिङ गरेको नेपालका लागि गुल्शन झाले ३ विकेट लिए भने आकाश चन्दले एक विकेट लिए। नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...