मुख्य समाचार
पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल मा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्‍यो।

उपाधि जितेको पुलिसले १० लाख रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता आर्मीले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो।

आर्मीले दिएको एक सय ८२ रनको सामान्य लक्ष्य पुलिसले ३५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो। पुलिसका लागि शंकर रानाले ४३ बलमा पाँच चौका र छ छक्काको मद्दतमा ६२ रन बनाए। त्यस्तै आरिफ शेखले २७, अमित श्रेष्ठले २८ र कुशल भुर्तेलले १४ रन बनाए।

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, सहाब आलम र बसिर अहमदले समान एक/एक विकेट लिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएको थियो।
उसका लागि विवेक यादवले ८१ बलमा सात चौका र एक छक्काको मद्दतले ६३ रन बनाए। त्यसैगरी सोमपाल कामीले ३९, इमरान शेखले २८, कुशल मल्लले १७ तथा जितेन्द्र मुखियाले अविजित १६ रन बनाए।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान तीन/तीन विकेट लिए भने सागर ढकाल, कुशल भुर्तेल र करण केसीले समान एक/एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हङकङमा जारी चार देशीय टी-२० आई श्रृङ्खलाको उपाधिका लागि नेपालले आज कुवेतसँग खेल्दैछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले दोस्रो स्थानमा रहेको कुवेतसँग फाइनल खेल्नेछ। फाइनल खेल नेपाली समय अनुसार ११:१५ मा सुरु हुनेछ। नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउँदा तेस्रो खेल नतिजाविहीन बनेको थियो। नेपाल ...
: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ। आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्। क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्। आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि ...
। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ । शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ...
: सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिकमा क्रिकेट खेलाइने भएको छ। जसमा पुरुष र महिलातर्फ ६-६ राष्ट्रलाई सहभागी गराइने निर्णय भएको छ। प्रत्येक टोलीमा १५ जनासम्म खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ। ओलम्पिकमा पुग्ने छनोट प्रक्रियाबारे भने केही खुलाइएको छैन। क्रिकेट बोर्ड आइसीसीले ओलम्पिकलाई उक्त खेलहरू टी-२० फर्म्याटमा खेलाउन सुझाव दिएको छ। यस विषयमा निर्णय भने ...