— गोलरक्षक मेसल बरसम नायक सावित भएपछि कतारले उज्वेकिस्तानलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै एसियन कप २०२३ को सेमिफाइनल यात्रा निश्चित गरेको छ । अब उसले फाइनल प्रवेशका लागि इरानको सामना गर्नेछ ।
निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेपछि पेनल्टी सुटआउट आवश्यक परेको हो । त्यसमा डिफेन्डिङ च्याम्पियन तथा आयोजक कतारका लागि बरसमले तीन बचाउ गरे ।
पेड्रो म्यागुएलले कतारका लागि निर्णायक पेनाल्टी गोलमा परिणत गरे । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । पहिलो सेमिफाइनलमा दक्षिण कोरियाले जोर्डनको सामना गर्नेछ ।