— स्पेनी ला लिगामा बार्सिलोनाले एलाभेसमाथि शनिबार ३–१ को सजिलो जित निकालेको छ । त्यसमा ब्राजिली किशोर खेलाडी भिक्टार रोकले एक गोल खाए र पछि रातो कार्ड बेहोर्दै मैदान पनि छाडे ।
बार्सिलोनाका लागि इलकयी गुन्डोगन र रोबर्ट लेवनडोस्कीले पनि गोल गरे । उपाधिको होडमा आश्चर्यजनक रूपमा सामेल जिरोना भने रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकियो र यसले उसको च्याम्पियन हुने अभियानमा गम्भीर धक्का पुगेको छ ।
रियल म्याड्रिड २२ खेलबाट ५७ अंकमा पहिलो स्थानमा छ भने एक खेल बढी खेलेको जिरोना ५६ अंकमा दोस्रोमा रहेको छ । बार्सिलोनाको भने ५० अंक भएको छ र तेस्रोमा पुगेको छ ।