मुख्य समाचार
आइभरी कोस्ट र दक्षिण अफ्रिका अफ्रिका कपको सेमिफाइनलमा
आइभरी कोस्ट र दक्षिण अफ्रिका अफ्रिका कपको सेमिफाइनलमा

— आइभरी कोस्टले अतिरिक्त समयको अन्त्यतिर गरेको गोलमा मालीलाई २–१ ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । यस्तै दक्षिण अफ्रिकाले टाइब्रेकरमा केप भार्डेलाई २–१ ले हरायो र अन्तिम चारमा पुग्यो ।

आयोजक आइभरी कोस्टका लागि ओमर डिकेटले १ सय २२ औं मिनेटमा निर्णायक गोल गरे । खेलको अन्त्यमा आइभरी कोस्ट नौ र माली दस खेलाडीमा सीमित रहेको थियो ।

दक्षिण अफ्रिका र केप भार्डेबीचको खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा रहेको थियो । त्यसपछिको पेनाल्टी सुटआउटमा दक्षिण अफ्रिकाका लागि कप्तान पनि रहेका रोनवेन विलियम्सले चार बचाउ गरे । अब सेमिफाइनलमा नाइजेरियाले दक्षिण अफ्रिका तथा आइभरी कोस्टले कंगोको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...

: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...