— उपहारका रूपमा प्राप्त आत्मघाती गोलको मद्दतले जोर्डनले ताजाकिस्तानलाई १–० ले पराजित गर्दै शुक्रबार एसियन कप-२०२३ को सेमिफाइनल प्रवेश गरेको छ । भाकडात हानोनोभले ६६ औं मिनेटमा गरेको गोल नै खेलमा निर्णायक रह्यो ।
अल मार्डीको कर्नरलाई नसिबले हेड गर्दा त्यही बललाई हानोनोभले दुर्भाग्यपूर्ण रूपमा पोस्टको दिशा दिए । प्रतियोगितामा डेब्यु गरिररहेको ताजाकिस्तानले खेलमाथि नियन्त्रण राखे पनि गोल गर्न सकेन ।
ताजाकिस्तानले बढी आक्रमण बुने पनि त्यो निर्णायक हुन सकेन। जोर्डन भने भाग्यमानी रह्यो । अब सेमिफाइनलमा उसको सामना अस्ट्रेलिया र दक्षिण कोरियाबीच हुने खेलको विजेतासँग हुनेछ ।