— डीआर कंगोले एक गोलले पछाडि रहेका स्थिति उल्टाएर गिनीलाई ३–१ ले पराजित गर्दै शुक्रबार अफ्रिका कफ अफ नेसन्सको सेमिफाइनलमा स्थान निश्चित गरेको छ । नाइजेरिया पनि प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल अर्को टिम रह्यो ।
उसले एन्गोललाई १–० ले हरायो । मोहमद बायोको गोलले गिनीले अग्रता लिए पनि कंगोका लागि चानकेल एमबेम्बा, योने विसा र आर्थर मसुकुकले गोल गरे ।
नाइजेरियाको जितमा भने एडमोला लुकमनले निर्णायक गोल गरे । शनिबबार केप भार्डेले दक्षिण अफ्रिका तथा मालीले आयोजक आइभरीकोस्टको सामना गर्नेछ । यी खेलको नतिजाले सेमिफाइनल समीकरण तयार पार्नेछ ।