मुख्य समाचार
एसियन कप २०२३ : ह्वेङ–मिनको गोलमा दक्षिण कोरिया सेमिफाइनलमा
एसियन कप २०२३ : ह्वेङ–मिनको गोलमा दक्षिण कोरिया सेमिफाइनलमा

— सन ह्वेङ–मिनले अतिरिक्त समयमा गरेको गोलको मदतले दक्षिण कोरियाले अस्ट्रेलियालाई शुत्रबार २–१ ले पराजित गर्दै एसियन कप २०२३ को सेमिफाइनल प्रवेश गरेको छ । अब उसको सामना जोर्डनसँग हुनेछ । दक्षिण कोरियाले एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता नजितेको ६४ वर्ष भइसकेको छ ।

अस्ट्रेलियाले क्रेग गुडविनको गोलले अग्रता लिएको थियो र टिम जितको संघारा पुगेको थियो । तर ह्वाङ हि–चानले निर्धारित ९० मिनेटको खेल सकिने केही समय मात्र बाँकी हुँदा बराबरी गोल फर्काए । त्यसपछि टोटनहमका दक्षिण कोरियाली कप्तान ह्वेङ–मिनले निर्णायक गोल गरेका हुन् ।

जितपछि ह्वेङ–मिनले दक्षिण कोरियाका लागि उपाधि जित्नु बाहेकको अर्को नतिजा असफलता हुने दाबी गरे । ‘हामी कुनै प्रकारको बहाना चाहँदैनौं र जित एक मात्र विकल्प रहेको छ । हामी प्रतियोगिताको ट्रफि घर लैजान चाहन्छौं ।’ जोर्डनले यसअघि ताजाकिस्तानलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले हराएको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्‍यो। ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा नटआउट रहे । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ ...
। मध्यक्रमका ब्याटर कामिन्दु मेन्डिसको शतकमा घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध मध्यम ब्याटिङ गरेको छ। गालेमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका पहिलो दिनको समाप्तिमा ३०२–७ को अवस्थामा छ। कामिन्दु मेन्डिस १७३ बलमा ११ चौकासहित ११४ रनमा आउट भए । मात्रै सातौं टेस्ट खेलेका कामिन्दुको यो चौथो टेस्ट शतक हो। कुशल मेन्डिस ५०, दिनेश चान्डिमल ३०, ...
। एन्फा महिला लिग अन्तर्गत बागमती युथ क्लब सर्लाहीलाई हराउँदै वालिङ नगरपालिकाको टिमले शीर्ष ५ को दौड कायम राखेको छ ।बागमतीलाई ४–० ले हराउँदै वालिङले आफ्नो शीर्ष ५ को दौड कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छैटौं राउन्डको अन्तिम खेलमा वालिङका लागि सीसी नान्टोन्गोले २ गोल गरिन् । खेलको २२ औं मिनेटमा युगान्डाकी सीसीले ...
। नेपालको पहिलो पारालिम्कपि पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई फ्रान्सको दूतावसले सम्मान गरेको छ । काठमाडौंस्थित फ्रान्सको दूतावासले सोमबार एक कार्यक्रमकाबीच पेरिस पारालिम्पिककी कांस्य विजेतासहित नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको हो । पलेशाले फ्रान्सको पेरिसमा भएको पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोतर्फ के ४४ क्याटेगोरीको ५७ केजीमुनि समूहमा ऐतिहासिक कांस्य जितेकी थिइन् । जुन नेपालको लागि ...
। आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ...