मुख्य समाचार
पुनम पाण्डेविरुद्ध बलिउडकर्मीले गरे सजायको माग, भन्छन्- सबैको भावनाविरुद्ध खेलेकी छन्
पुनम पाण्डेविरुद्ध बलिउडकर्मीले गरे सजायको माग, भन्छन्- सबैको भावनाविरुद्ध खेलेकी छन्

। आफ्नो मृत्युलाई लिएर सामाजिक सञ्जालमा गरिएको ठट्टा पुनम पाण्डेलाई महँगो साबित हुन सक्छ । पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको झूटो समाचार फैलाएर सचेतनाको नाम दिएकी पाण्डेविरुद्ध आवाज उठ्न थालेको छ ।

भारतीय फिल्मकर्मीले उनीविरुद्ध कार्वाही हुनुपर्ने माग राखिरहेका छन् । भारतीय फिल्म तथा टिभी निर्देशक संघका अध्यक्ष अशोक पण्डितले अभिनेत्रीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

भिडियो सन्देशमा पण्डितले भनेका छन्, ‘एउटी अभिनेत्रीले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गएको झूटो समाचार दिनु निकै दुःखद र स्तब्ध बनाएको छ । उनले सबैको भावनासँग खेलेकी छन् । उनले पाठेघरको मुखको क्यान्सरजस्ता रोगबाट पीडित सबैको खिल्ली उडाएकी छन् । यो एक गम्भीर रोग हो । उनीहरूले यस रोगविरुद्ध एकजुट भएर काम गरिरहेका भारत सरकार, डाक्टर र नर्सहरूको कडा परिश्रम र कामको खिल्ली उडाएकी छन् ।’

पूनमको यो चालमा सबै सेलिब्रेटीले विरोध गरिरहेको बेला अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले पनि यो नक्कली पीआर स्टन्टप्रति असन्तुष्टि व्यक्त गरेको छ । संस्थाको तर्फबाट भनिएको छ, ‘मोडल तथा अभिनेत्री पुनम पाण्डेको नक्कली पीआर स्टन्ट निकै कमजोर छ । तपाईको प्रचारका लागि पाठेघरको मुखको क्यान्सर जस्ता रोगको कारण प्रयोग गर्नु मान्य छैन । यो खबरपछि अब भारतीय फिल्म उद्योगमा कुनै पनि व्यक्तिको मृत्युको खबर पत्याउन मानिसहरु हिचकिचाउन सक्छन् । फिल्म उद्योगमा कोही पनि पीआरको लागि यो स्तरमा झुकेका छैनन् ।’




एसोसिएसनले गरेको पोस्टमा यस्तो पनि लेखिएको छ, ‘पुनम पाण्डेका म्यानेजरले झुटो समाचारको पुष्टि गरे, त्यसैले पुनम पाण्डेसँगै उनको म्यानेजरमाथि पनि एफआइआर दर्ता गर्नुपर्छ ताकि आफ्नै मृत्युको कथा कसैले फैलाउन नपरोस् ।’

‘द कश्मीर फाइल्स’ फेम्ड निर्देशक विवेक अग्निहोत्रीले एक ट्वीट सेयर गर्दै लेखेका छन्, ‘सोशल मिडियाको बढ्दो चुनौतीलाई हेरेर यहाँ पनि केही नियमहरू हुनुपर्छ भन्ने मलाई लाग्छ । विशेष गरी समाचार निर्माता र आफूलाई प्रभावकारी भनाउनेका लागि । यो सनसनीखेज र नौटंकीलाई सामान्यीकरण बनाउनु खतरनाक छ । मृत्युको झुटो समाचार त सुरुवात मात्र हो । अब के हुन्छ हेरौं ।’

पुनमको पोष्टमा कमेन्ट गर्दै एकता कपूरले पनि लेखेकी छिन्, ‘यो सचेतना भनेको कुन खोप लिनु हुँदैन भन्ने हो । यस्तो असंवेदनशील अभियानलाई प्रोत्साहन गर्ने कम्पनीलाई कारबाही गर्नुपर्छ ।’

फिल्ममेकर रामगोपाल वर्माले आफ्नो फरक प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, ‘तपाईले यस विषयमा ध्यानाकर्षण गराउनको लागि अपनाउनु भएको चरम तरिकाको लागि तपाई आलोचना हुन सक्छ, तर कसैले तपाईको नियतमाथि प्रश्न उठाउन सक्दैन वा तपाईले यो धोखाबाट के हासिल गर्नुभयो भनेर भन्न सक्दैन । पाठेघरको मुखको क्यान्सरको बारेमा छलफल अहिले जताततै भैरहेको छ । तिम्रो आत्मा तिमी जस्तै सुन्दर छ । तिम्रो दीर्घायु र सुखमय जीवनको कामना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...