मुख्य समाचार
तीन ग्रामी अवार्ड जित्नेबित्तिकै पक्राउ परे र्‍यापर किलर माइक
तीन ग्रामी अवार्ड जित्नेबित्तिकै पक्राउ परे र्‍यापर किलर माइक

— सोमबार तीन वटा ग्रामी अवार्ड जित्नेबित्तिकै र्‍यापर किलर माइक गिरफ्तारीमा परेका छन् । उनलाई दुर्व्यवहार गरेको आरोपमा लस एन्जलस एरिनाबाटै गिरफ्तार गरिएको हो । पक्राउ परेको केही बेरमा यसै महिना अदालतमा उपस्थित हुने सर्तमा उनलाई रिहा गरिएको थियो ।

एरिनामा ग्रामी अवार्ड भइरहेका बेला मञ्चपछाडि उनले हातपात गरेको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गर्दै लस एन्जलस प्रहरीले 'माइकल रेन्डर'(किलर माइकको वास्तविक नाम) लाई दुर्व्यवहारको आरोपमा पक्राउ गरेको जानकारी दिएको थियो ।

गिरफ्तारीको ठीक अगाडि किलर माइकले ग्रामी विजेताका रूपमा उत्सव मनाइरहेका थिए । उनको 'साइन्टिस्ट्स एन्ड इन्जिनियर्स' गीतले उत्कृष्ट र्‍याप गीत र उत्कृष्ट र्‍याप प्रदर्शनको अवार्ड जित्यो । त्यस्तै उनकै 'माइकल' ले उत्कृष्ट र्‍याप एल्बमको अवार्ड जित्न सफल भयो ।

सोमबार प्रतिष्ठित सांगीतिक अवार्ड ग्रामी लस एन्जलसमा आयोजना भएको थियो । यस वर्ष टेलर स्विफ्टको 'मिडनाइट्स' ले वर्षको उत्कृष्ट एल्बमको अवार्ड जित्यो । त्यस्तै माइली साइरसको 'फ्लावर' ले वर्षको उत्कृष्ट रेकर्डको अवार्ड पायो । त्यस्तै बिली आइलिसको 'ह्वाट आई वाज मेड फर' ले वर्षको उत्कृष्ट गीतको अवार्ड जित्यो । उत्कृष्ट पप एकल प्रदर्शनीमा माइली साइरसकै 'फ्लावर' ले अवार्ड हात पार्‍यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...