मुख्य समाचार
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

— पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर-इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल सजाय सुनाएको छ । अदालतले खानले सन् २०१८ मा गरेको बुशरा बीबीसँगको विवाह गैरकानुनी ठहर गरेको हो ।

खान भ्रष्टाचारको आरोपमा जेलमा छन् । ७१ वर्षीय खानले आफूविरुद्ध भएका धेरै मुद्दाहरू राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् ।पाकिस्तानका पूर्व क्रिकेट कप्तानबाट राजनीतिज्ञ बनेकालाई सन् २०२२ मा प्रधानमन्त्री पदबाट हटेका थिए ।

बीबीका पूर्व पतिले उजुरी दिएका थिए, उसले खानसँगको विवाह धोखाधडी भएको बताएका थिए । मुस्लिम पारिवारिक कानून अनुसार, श्रीमानको मृत्यु भएको वा सम्बन्धविच्छेद भएको केही महिनासम्म महिलाहरूलाई पुनर्विवाह गर्न निषेध गरिएको छ। बीबीले सम्बन्धविच्छेदपछि तोकिएको समय नपुग्दै दोस्रो विवाह गरेको अदालतले ठहर गरेको छ ।

खान प्रधानमन्त्री निर्वाचित हुनुभन्दा अघि यो जोडीले विवाह गरेको थियो । ४० वर्षको उमेरकी बीबी खानकी तेस्री पत्नी हुन् ।

खानका लागि शनिबार तोकिएको जेल सजाय एक साताभन्दा कम अवधिमै तेस्रो हो । गोप्य कागजात चुहावट गरेको अभियोगमा गत मंगलबार उनलाई १० वर्षको जेल सजाय सुनाइएको थियो । गत बुधबार उनी र उनकी श्रीमतीले साउदी युवराजबाट गहनासहित कार्यालयमा प्राप्त राज्य उपहारहरू बेचेको वा राखेको ठहर गर्दै १४ वर्षको जेल सजाय सुनाइएको थियो । अदालतले बुशरा बीबीलाई घरमै नजरबन्दमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...