मुख्य समाचार
क्यानाडा र लिग–२ मा खेल्ने नेपाली टोलीको घोषणा
क्यानाडा र लिग–२ मा खेल्ने नेपाली टोलीको घोषणा

— आईसीसी यू–१९ विश्वकप र प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा राम्रो खेलेका खेलाडीलाई समेट्दै नेपाल क्रिकेट संघले आइतबार क्यानाडाविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला र नेदरल्यान्ड्स र नामिबियासम्मिलित आईसीसी विश्वकप लिग–२ शृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

नेपालले क्यानाडासँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फेब्रुअरी ८, १० र १२ मा गरी तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ । त्यसका लागि १५ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाहलाई समावेश गरिएको छ ।

दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा कप्तान देवले ब्याटबाट र आकाशले बलबाट राम्रो प्रभाव देखाएका थिए । विशेष गरी अफगानिस्तानविरुद्धको समूह चरणको खेलमा नेपालले १ विकेटको ऐतिहासिक विजय हात पार्दा मध्यम गतिका बलर आकाशले ५ विकेट लिएका थिए भने देवले अर्धशतक बनाएका थिए । दुर्भाग्यवश दक्षिण अफ्रिका जान नपाएका अर्का तीव्र बलर हेमन्तलाई पनि क्यानाडाविरुद्ध खेल्ने नेपाली टोलीमा राखिएको छ । यू–१९ विश्वकप खेल्न जानु केही दिनअघि मात्र बलिङका क्रममा बलले नली खुट्टामा लागेपछि हेमन्त दक्षिण अफ्रिका जान वञ्चित भएका थिए ।

प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका पवन, अनिल, रिजनलाई क्यानाडाविरुद्धको शृंखलाका लागि नेपाली टोलीमा राखिएको छ । प्रधानमन्त्री कपमै ३० विकेट लिँदै उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीमा चुनिएका सूर्यलाई पनि नेपाली टोलीमा राखिएको छ । नेपाली टोलीमा यसअघि पनि पर्दै आएका सूर्यले एकदिवसीय अन्तर्राष्ट्रियमा भने ‘डेब्यु’ गर्न बाँकी नै रहेको छ । पवन, रिजन, सूर्यलाई लिग–२ का लागि पनि राखिएको छ । फेब्रुअरी १५ देखि २४ सम्म हुने लिग–२ मा नेपालले नेदरल्यान्ड्स र नामिबियाविरुद्ध २–२ एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने छ । आठ राष्ट्र सहभागी लिग–२ को २०२४–२७ साइकलमा यो पहिलो शृंखला हो ।

लिग–२ का लागि नेपाली टोलीमा रोहित, आसिफ, कुशल भुर्तेल र मल्ल, आरिफ, पवन, भीम, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल, करण केसी, ललित, सूर्य र रिजनलाई राखिएको छ । अर्जुन, दीपेन्द्र, गुल्सन र करणलाई भने क्यानाडाको शृंखलामा आराम दिइएको छ । लिग–२ का लागि प्रतिश जीसी, देव खनाल, अनिल र विवेक यादवलाई वैकल्पिकमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...
। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम दोस्रोपटकका लागि तोकिएको मितिमा पनि सम्पन्न नहुने भएको छ । बुधबार सहरी विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै स्तरोन्नतिको काम आगामी आर्थिक वर्षसम्म पुग्ने जनाएको हो । स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले पनि असार मसान्तसम्म काम पूरा नहुने जानकारी दिएका छन् । पहिलोपटक फागुन २१ देखि काम सुरु ...
। सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने योजना अन्तर्गत दोस्रो चरणको काम आगामी आवमा गर्ने भएको छ । सहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार काठमाडौंको शंखरापुर नगरपालिकामा जरहसिंह पौवा स्टेडियम निर्माण थाल्ने समेत मन्त्रालयको योजना छ । अहिले मन्त्रालयले त्रिवि मैदानमा पहिलो चरणको कामअन्तर्गत प्याराफिट निर्माणको काम गरिरहेको ...
। एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफमा लगातार दुई खेल जितेपछि एसियन कप पुग्नका लागि उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल हुने भएको छ । उज्बेकिस्तानमै भएको छनोटमा नेपाल र घरेलु टोली दुवैले लगातार दुई खेल जित्दै समान ६ अंक जोडेका छन् । अब यी दुई टोली समूह विजेता बनेर अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसियन ...
। बंगलादेश पहिलोपटक एएफसी महिला एसियन कपमा छनोट भएको छ। बुधबार भएको समूह ‘सी’ को खेलमा तुलनात्मक रूपमा बलियो टोली म्यानमारलाई २–१ ले हराउँदै बंगलादेश छनोट भएको हो । बंगलादेशको जितमा स्टार खेलाडी रितु पोर्ना चक्माले २ गोल गरेकी थिइन् । फिफा वरियतामा बंगलादेशभन्दा ७३ स्थान माथि रहेको म्यानमारले अन्त्यतिर गोल फर्काएपनि हार भने टार्न सकेन ...