— अस्ट्रेलियाले तेस्रो तथा अन्तिम वान डेमा मंगलबार वेस्ट इन्डिजलाई सजिलै आठ विकेटले पराजित गरेको छ । यससँगै तीन खेलको सिरिज ३–० ले जित्दै अस्ट्रेलियाले ह्वाइटवास गरेको छ । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ८६ रनमा अलआउट भएपछि अस्ट्रेलियाको सजिलो जित सम्भव भएको हो ।
‘प्लेयर द म्याच’ ज्याभिएर बारलेटले २१ रनमा चार विकेट लिएपछि वेस्ट इन्डिज २४.१ ओभर मात्र टिकेको थियो । वेस्ट इन्डिजका लागि ओपनर एलिक एथानेजले बनाएको ३२ रननै सर्वाधिक ठूलो स्कोर रह्यो । उनलाई छाडेर अरू दुई ब्याटरले मात्र दोहोरो अंक छोए ।
जवाफमा अस्ट्रेलियाले ६.५ ओभर मात्र उपयोग गर्दै दुई विकेटमा ८७ रन बनायो । ओपभर जेक फ्रेसर म्याकगर्कले सर्वाधिक ४१ रन बनाए । यस्तै जोस इङ्लिसले ३६ रन बनाए ।