मुख्य समाचार
साउदीमा ४ महिनादेखि १३ जना नेपाली अलपत्र
साउदीमा ४ महिनादेखि १३ जना नेपाली अलपत्र

: वैदेशिक रोजगारीको क्रममा साउदीको जुवेलमा पुगेका १३ जना नेपाली ४ महिनादेखि अलपत्र परेका छन्। नेपालमा गरिएको सम्झौताअनुसार ११००+२५० साउदी रियलमा उनीहरू साउदीको दमाम एक्सिस कम्पनीमा कार्पेटर, वेल्डर, मेसनको रूपमा काम गर्न पुगेका थिए। काठमाडौंमा रहेको अमिती हियुमन रिसोस म्यानपावरबाट गत ५ अक्टोबर २०२३ मा साउदी पुगेका उनीहरू अलपत्र परेका हुन्।


सम्बन्धित कम्पनीले सुरुको महिनाका लागि २५० रियल र खान-बस्न दिए पनि तीन महिना पुग्दासमेत तलब नदिएको पीडितहरूको गुनासो छ। 'आएको ३ महिनासम्म कम्पनीले काममा लगाउने तर तलब माग्दा विभिन्न बहान बनाउने काम गर्‍यो। सम्बन्धित लिडरलाई सूचना दिँदा सिधा कम्पनी नपरी सप्लायर्स कम्पनी रहेको थाहा भयो। त्यसलगत्तै मेनपावरलाई खबर गर्दा 'राम्रो हुन्छ, काम हुन्छ' भन्दै ४ महिना पुर्‍यो। हामी अवैधानिक रूपले बस्नुपरेको छ,' एक पीडितले भने।
उनीहरूले उद्धारका लागि नेपाली जनप्रगतिशील मञ्च साउदीका कार्यबहाक अध्यक्ष रामचन्द्र वाग्लेलगायत सरोकारवालाहरूलाई अनुरोध गरेका छन्।

कम्पनीले २५० रियल र खानबस्न मात्रै दिने भनेपछि उनीहरू अलपत्र परेका हुन्। सम्झौताअनुसारको काम नदिए स्वदेश फिर्ता गराउन उनीहरूको माग छ। उक्त कम्पनीमा २२ जना आएर अलपत्र परे पनि बाँकी ९ जना त्यहाँबाट अन्यत्र भागेको पीडितहरूको भनाइ छ।

साउदी आउदा उनीहरूले प्रतिव्यक्ति २ लाख देखि २ लाख ५० सम्म बुझाएका थिए। मेनपावरमा कार्यरत लोकबहादुर पुनलाई १ लाख ५० हजार रुपैयाँ देखि २ लाखसम्म र अन्यलाई ३० हजार रुपैयाँ बुझाएको पीडितहरूको भनाइ छ। म्यानपावरले कम्पनीको भिसा भन्दै आफूहरूलाई फसाएको उनीहरूको आरोप छ।

रोजगारीका लागि साउदी आउने कामदारको संख्या बढ्दो छ। तर, सम्बन्धित कम्पनीले सम्झौताअनुसार सेवासुविधा नदिँदा र म्यानपावरले कम्पनीका बारेमा आधिकारिक कार्यशैलीको ढाँचा नबुझ्दा उनीहरू विभिन्न समस्यामा परिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो। जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक ...
: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ। स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई ...
— संयुक्त अरब इमिरेट्स (यूएई) ले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अवसर पारेर कैद भुक्तान गरिरहेका १ सय ६६ नेपालीलाई आममाफी दिएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार मदिरा सेवन, चोरी लगायतका विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका नेपालीलाई आममाफी दिइएको हो । उनीहरुलाई जेलबाट 'डिपोर्टेसन सेन्टर'मा ल्याई नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका ...
: कतारले विभिन्न अपराधमा जेल जीवन विताइरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। रमजान र ईद पर्वको अवसरमा कतारले १८ जना नेपालीलाई आममाफी दिने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्त जारी गर्दै कता सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन ...
: अमेरिकाले अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लोपटक अमेरिकाले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा जिसी, भण्डारी, बुढा, कुसारी, बस्नेत र बानियाँ थरीका एक-एक जना रहेका छन्। एयर इन्डियाको विमानबाट उनीहरूलाई नेपाल फर्काइएको हो। स्रोतका अनुसार ...