मुख्य समाचार
कर्णालीका खेलाडीलाई पहिचान झल्किने जर्सी
कर्णालीका खेलाडीलाई पहिचान झल्किने जर्सी

: कर्णालीले खेलाडीका लागि नयाँ जर्सी तयार गरेको छ। अब कर्णालीका खेलाडीले प्रदेशको पहिचान र चिनारी झल्किने जर्सीमा खेल्ने भएका हुन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडीका लागि जर्सी र मार्चपासमा लगाउने पोसाक तयार पारेको हो। अब यही जर्सीमा कर्णालीका खेलाडीले देशभित्र हुने हरेक खेलमा प्रतिस्पर्धा गर्नेछन् भने मार्चपासमा पनि परिषद्ले तयार पारेको पोशाक नै लगाइने छ।


खेलाडीले लगाउने जर्सीमा कर्णालीका प्रमुख पर्यटकीयस्थल, यो प्रदेशमा पाइने दुर्लभ बन्यजन्तु र हिमाली क्षेत्रमा पाइने बहुमुल्य जडिबुटीको आकृति राखिएको छ। त्यस्तै जर्सी रातो र निलो गरी दुई वटा रंगको छ भने पोसाक एउटा रंगको मात्र छ। परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले जर्सी र पोसाक महिला र पुरुष खेलाडीले लगाउन मिल्नेगरी तयार पारिएको जानकारी दिए। उनका अनुसार जर्सीमा कर्णाली झल्किने आकृति र चिन्ह राखिएको छ भने मार्चपासमा प्रयोग हुने पोसाकमा कर्णालीमै उत्पादन हुने अल्लोको कपडासमेत प्रयोग गरिएको छ।

खेलाडीको जर्सीमा नेपालको झण्डा, परिषद्को लोगो, नेपालको सबैभन्दा लामो कर्णाली नदी, कर्णालीमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा, कर्णालीकै हिमाल, दैलेखको पञ्चदेवल, मुगुको राराताल, सुर्खेतको काँक्रेविहार र कर्णालीको हिमाली क्षेत्रमा पाइने दुर्लभ बन्यजन्तु याकको आकृती राखिएको छ। त्यस्तै मार्चपासमा प्रयोग हुने पोसाकअन्तर्गत टोपी र सुटमा नेपालको झण्डा, परिषदको लोगोसहित कर्णाली झल्किने चिन्ह र आकृति राखिएको छ। परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने जर्सी र पोसाक बनाउने निर्णय गरेको थियो सोही निर्णयअनुसार कर्णालीका खेलाडीको लागि खेलकुद जर्सी र पोसाक तयार पारिएको सदस्यसचिव सञ्ज्यालले बताए।

‘अब कर्णालीका खेलाडीले आफ्नै पहिचान झल्किने जर्सी लगाएर खेल्नेछन्,’ सदस्यसचिव सञ्ज्यालले भने, ‘हाम्रो जर्सी र पोसाक देख्नेवित्तिकै कर्णालीका खेलाडी भन्ने थाहा हुनेछ। देशभित्र हुने सबै प्रतियोगितामा कर्णालीका खेलाडीले अब यही जर्सी र पोसाक लगाउनेछन्।’ उनका अनुसार यो जर्सी र पोसाकलाई परिषदले कानुनीरूपमा नै राष्ट्रिय खेलकुद परिषद्मा दर्ता गर्ने तयारी गरेको छ। दर्ता भएपछि अन्य प्रदेशले कर्णालीले निर्माण गरेको जर्सी र पोसाकको रङ्गसँग मिल्ने कुनै पनि जर्सी र पोसाक बनाउन पाउने छैनन्। परिषद्ले तयार पारेको जर्सी र पोसाक खेलाडीलाई प्रदान गरिने भन्दै उनले खेलसँगै कर्णालीको पहिचान र चिनारी जर्सी र पोसाकमार्फत् झल्किने सञ्ज्यालको भनाइ छ।

कर्णालीले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी गरिरहेको छ। यसका लागि आवश्यक भौतिक पूर्वाधार र खेलाडी उत्पादनमा आफूहरू जुटेको सञ्ज्यालले जानकारी दिए। दसौं राष्ट्रिय खेलकुदका लागि तयार हुने मस्कटमा पनि कर्णालीका हिमालमा पाइने दुर्लभ बन्यजन्तु याकको आकृति राखिने उनले बताए। यसका लागि राष्ट्रिय खेलकुद परिषद्मा प्रस्ताव गरी सकिएको छ। आउँदो वर्ष मंसिरमा हुने प्रतियोगिताका लागि तयारीका कामहरू धमाधम भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...