आज 'भ्यालेन्टाइन डे', कुन देशमा कसरी मनाइन्छ?
आज 'भ्यालेन्टाइन डे', कुन देशमा कसरी मनाइन्छ?

फ्रेबुअरी १४ भ्यालेन्टाइन डे। पछिल्लो समय नेपालमा पनि यस दिनलाई प्रणय दिवसका रूपमा खासगरी युवायुवतीले मनाउन थलेका छन्। विश्वमा फ्रेबुअरी ७ बाट सुरु हुने भ्यालेन्टाइन सप्ताह फ्रेबुअरी १४ मा सम्पन्न गर्ने चलन छ। यस दिन संसारका विभिन्न मुलुकमा आआफ्नै शैलीमा भ्यालेन्टाइन मनाउने गरिएको छ। केही प्रतिनिधि मुलुकका भ्यालेन्टाइन सेलेब्रेसन यस्तो छ:

चीन : भगवान्‌सँग प्रेमी माग्छन्

संसारका अन्य मुलुकमा जस्तै चीनमा पनि भ्यालेन्टाइन डे मनाउने चलन बढ्दो छ। चिनियाँहरू नयाँ वर्ष सुरु भएपछिमात्रै भ्यालेन्टाइन मनाउने गर्छन्।

चीनमा उक्त दिन युवतीहरू मन्दिर गएर असल प्रेमी माग्नुका साथै विवाहको लागि भगवान्सँग प्रार्थना पनि गर्छन्। चीनमा भ्यालेन्टाइनलाई 'छोरीहरूको चाड'को रूपमा लिइन्छ।

चीनमा प्रेमिकाले प्रेमीलाई छाता र जुत्ता उपहार दिँदैनन् किनकि यसले उनीहरूको सम्बन्ध लामो बनाउँदैन भन्ने मान्यता रहिआएको छ। चीनका कतिपय भागमा विवाहपछि श्रीमान्को परिवारले सिलाइबुनाइ गर्ने युवती मन पराउने चलन रहिआएकाले विवाहअघि लुगा बुन्न सिक्ने चिनियाँ युवती पनि प्रशस्त छन्।

अमेरिकामा मुटु आकारका चकलेट साट्छन्

अमेरिकामा फेब्रुअरी १४ लाई विशेष दिनको रूपमा मनाइन्छ। यस दिन अमेरिकाका विभिन्न सहरमा रहेका होटेल एवं रेस्टुरेन्टलाई सानदार रूपमा सिंगारिएको हुन्छ। जहाँ प्रेमजोडी आआफ्नो भावना तथा माया साट्ने गर्छन्।

प्रेमीप्रेमिकाकै लागि रोमान्टिक वातावरण सिर्जना गरिदिने चलन पनि छ। यसदिन डिनर तथा डान्स पार्टी पनि धेरै आयोजना गरिएको हुन्छ।

साथीभाइ एवं आफन्तले एकआपसमा चकलेट साटासाट गर्ने चलन पनि छ। युवतीहरू विशेषगरी मुटु आकारका चकलेट उपहार लिन दिन मन पराउँछन्। सपिङ गरेर रमाइलो गर्छन्।

फ्रान्समा मनपर्ने मान्छेको चित्र कोर्छन्

फ्रान्सको पेरिसलाई 'सिटी अफ लभ' भनेर चिनिन्छ । भ्यालेन्टाइनमा संसारभरका प्रेमीजोडी यहाँ पुग्ने गर्छन्।

यस समयमा पेरिसको वातावरण साँच्चिकै प्रेममय हुन्छ। रेस्टुरेन्ट, सपिङ मलदेखि बाटोघाटोसमेत सिंगारिएको हुन्छ।

जताततै मुटु आकारको चिन्ह बनाइएको हुन्छ । परम्पराअनुसार भ्यालेन्टाइन विशेष पहिरन लगाइएको हुन्छ।

युवतीहरू घरको झ्यालमा गएर युवकको नाम बोलाउने एवं युवकले पनि युवतीलाई आकर्षण गर्ने खालको काम गर्ने चलन रहे पनि यो परम्परा भड्किलो भएको भन्दै सरकारले बन्द गरेको छ। भ्यालेन्टाइन आफूलाई मनपर्ने मान्छेको चित्र कोर्ने पनि गर्छन्।

जापानमा मन पर्नेलाई चकलेट दिन्छन्

संसारमा जापानी महिलालाई सबैभन्दा लजालु मानिन्छ। जापानमा सन् १९३६ देखि भ्यालेन्टाइन मनाउन सुरु गरेको मानिन्छ। जापानिजले सुरुमा पर्यटकलाई लक्षित गरी यो परम्परा सुरु गरेको हो तर बिस्तारै मायाको पर्व स्वरूप अधिकांश जापानिजहरूले भ्यालेन्टाइन मनाउन थाले।

जापानमा मन परेको व्यक्तिलाई चकलेट दिने चलन छ । यसमा प्रेमीप्रेमिकामात्रै होइन दाइ, भाई काका, आमा, बुबा जो पनि हुन सक्छन। यसमा जापानका चकलेट कम्पनीले यसलाई साथ दिँदै आएको छ।

महिला विशेषगरी आफैंले तयार पारेको चकलेट उपहार दिन रुचाउँछन् जसले धेरै माया दर्शाउँछ। घरमै बनाएको चकलेट पाउने पुरुष निकै भाग्यमानी मानिन्छ। खासगरी युवकले युवतीलाई उपहार दिने पर्ने चलन रहिआएको छ।

दक्षिण कोरियामा उपहार नपाउनेले कालो नुडल्स

कोरियामा भ्यालेन्टाइन मनाउने चलन जापानबाट अनुसरण गरेको भन्ने मान्यता छ। उनीहरू पनि जापानमा जस्तै चकलेट, उपहार आदानप्रदान गर्छन्। कतिपय कारियनले भने यस दिनलाई कालो दिनको रूपमा मनाउँछन्।

खासगरी कतैबाट उपहार नपाउने व्यक्तिले कालो रङको नुडल्स खाने रोचक चलन रहेको छ। कसैले प्रेम प्रस्ताव नगरे, उपहार नपाए उनीहरू रेस्टुरेन्टमा कालो नुडल्स खाएर पश्चाताप गर्दै बस्छन् तापनि कोरियाली भ्यालेन्टाइन्स सप्ताहलाई उनीहरूको क्यालेन्डरको सबैभन्दा रोमान्टिक समय मान्छन्।

डेनमार्कमा उपहारमा तस्बिर

डेनमार्कमा भ्यालेन्टाइन मनाउने आफ्नै परम्परा छ। उनीहरू भ्यालेन्टाइन कार्डलाई ‘लभर कार्ड’ को रूपमा लिन्छन्।

प्रचलित चलनअनुसार आफ्नो प्रेमी वा प्रेमिकालाई उपहार दिनुभन्दा पहिले त्यो कार्डमा प्रेमीप्रेमिकाको तस्बिर उतार्ने गर्छन्। विशेषगरी सेतो रङका पुष्पगुच्छा माया स्वरूप उपहार दिन्छन्।

डेनमार्कमा 'जोकिंग लेटर' लेख्ने परम्परा निकै लोकप्रिय छ। नाम नलेखिएको चिठी युवतीलाई पठाइन्छ युवतीहरूले त्यो चिठी पाएपछि कस्ले पठाएको भनेर अनुमान लगाउनुपर्छ। यदि उनले सही अनुमान लगाएमा उसलाई पुरस्कृत गरिन्छ।

बेलायतमा सपनामा प्रेमी

बेलायतमा लगभग १७ औं शताब्दीतिर भ्यालेन्टाइन मनाउने प्रचलन सुरु भएको मानिन्छ। उनीहरूको परम्पराअनुसार, सिंगल युवतीले भविष्यका श्रीमान् वा प्रेमीलाई सपनामा देख्नको लागि पाँचपाते पातलाई सिरानीमा राखेर सुत्छन्।

कतिपयले पाँचपातेलाई गुलाब जलसँग मिसाएर सिरानी वरिपरि छर्केर सुत्छन् जसले उनीहरूले चाहेको मान्छेलाई सपनामा देखिन्छ भन्ने विश्वास छ। यस्तै विभिन्न परम्परासहित बेलायतमा तामझामको साथ भ्यालेनटाइन मनाइन्छ।

फिनल्यान्डमा सिंगल व्यक्तिका लागि मायाको बस

फिनल्यान्डमा भ्यालेन्टाइन डेलाई प्रेम दिवसभन्दा पनि 'फ्रेन्डसिप डे' को मा मनाउने चलन छ। फिनिस भाषामा यस दिनलाई 'यस्ताभान पाइभा' अर्थात् फ्रेन्डसिप डे भनिन्छ।

यसदिन उनीहरू साथीसाथीबीच विभिन्न उपहार, कार्ड साटासाट गर्छन्।भ्यालेन्टाइन डेमा साथीलाई सम्झिने चलन भए पनि सिंगल व्यक्तिहरू 'मायाको बस'मा चढ्ने र त्यहाँ रहेका अन्य सिंगल व्यक्तिसँग भेट्ने, मन मिले माया गर्ने गर्छन्। फिनल्यान्डमा यो चलनलाई निकै रमाइलो मानिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘अवतार’ र ‘टाइटानिक’ फिल्म निर्देशक जेम्स क्यामरुनले आणविक त्रासदीबाट बाँचेका जापानीको कथावस्तुमा कथानक फिल्म ‘लास्ट ट्रेन फ्रम हिरोसिमा’ निर्देशन गर्ने भएका छन् । यसका लागि अस्कर विजेता फिल्ममेकरले चार्ल्स पेलेग्रिनोको आगामी पुस्तक ‘घोस्ट्स अफ हिरोसिमा’को एडप्टेसन अधिकार खरिद गरेको डेडलाइनले जनाएको छ । उनी उक्त पुस्तकलाई फिचर फिल्ममा रुपान्तरण गर्न चाहन्छन् । समाचारअनुसार क्यामरुनले पेलेग्रिनाका दुई ...
। श्रद्धा कपुर स्टारर ‘स्त्री २’ भारतीय बक्स अफिसमा सर्वकालीन धेरै कमाउने हिन्दी फिल्म बनेको छ । इण्डियन एक्सप्रेसका अनुसार शाहरुख खान स्टारर ‘जवान’को कमाइलाई उछिन्दै यो फिल्मले कीर्तिमान रचेको हो । ‘स्त्री : सरकटेका आतंक’ले भारतीय बक्स अफिसमा शाहरुखको ‘जवान’सहित रणवीर कपुरको ‘एनिमल’, शाहरुखकै ‘पठान’ र सन्नी देओलको ‘गदर २’ को कमाइलाई पनि उछिनेको छ ...
। बिगबोस ओटीटी सिजन-३ को होस्ट नगर्ने घोषणा गरेका बलिउड अभिनेता सलमान खानले कलर्स टिभीमा प्रसारण हुने ‘बिग बोस’ सिजन १८ मा फर्किने पक्का भएको छ । मंगलबार बिग बोसका निर्माताले सलमानलाई होस्टको रुपमा उनको इन्स्टाग्राम ह्याण्डलमा मेन्सन गर्दै यसबारे टिजर सार्वजनिक गर्दै फ्यानलाई सरप्राइज दिएका छन् । टिजरले चलिरहेको घडीको ग्राफिक देखाउँछ, त्यसपछि प्रतिष्ठित बिग बोसका ...
। अमेरिकी र्‍यापर सिन ‘डिडी’ कम्ब्स न्युयोर्कमा पक्राउ परेका छन् । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार उनीमाथि यौन दुर्व्यवहार तथा उत्पीडनको आरोप छ । मुद्दा दायर भएपछि उनलाई न्युयोर्कको म्यानहटनबाट पक्राउ गरिएको हो । भेराइटी म्यागजिनका अनुसार कम्ब्सका वकिल मार्क अग्निफिलोले र्‍यापर पक्राउबारे जानकारी दिएका हुन् । सिन ‘डिडी’ कम्ब्सका वकिलले भने, ‘न्यायाधिवक्ताको कार्यालयले चलाएको अन्यायपूर्ण अभियोगबाट हामी निराश ...
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...