मुख्य समाचार
विश्वभर भ्यालेन्टाइन डे मनाइँदै, को हुन् त भ्यालेन्टाइन ?
विश्वभर भ्यालेन्टाइन डे मनाइँदै, को हुन् त भ्यालेन्टाइन ?

हरेक फ्रेबुअरी १४ मा मनाइन्छ, भ्यालेन्टाइन डे। यो दिन आफूलाई मन परेका मान्छेलाई कार्ड, फूल, चकलेट तथा अन्य सामग्री दिएर प्रेम दर्शाइन्छ। संसारभरि आफ्नो प्रेमी, प्रेमिकालाई विभिन्न उपहार दिएर प्रेम देखाइन्छ।

एउटा विश्वास छ, तेस्रो शताब्दीतिर रोममा सेन्ट भ्यालेन्टाइन नाम गरेका एक पादरी थिए। विवाह गरेका सिपाही खराब रूपमा प्रस्तुत हुन्छन् भन्ने सोचले राजा क्लाउडिस दोस्रोले सिपाहीहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए। तर, सन्त भ्यालेन्टाइनले राजाले लगाएको नियम सही नभएको भन्दै गोप्य रूपमा मागी विवाह गरे। भ्यालेन्टाइनको यो हर्कत अन्ततः क्लाउडिसको कानसम्म पुग्यो।

राजाको निर्देशन विपरीत गएको भन्दै फ्रेबुअरी १४ का दिन सन्त भ्यालेन्टाइनलाई मारिने घोषणा भयो। त्यसै दिन उनले आफ्नी श्रीमतीलाई चिठी लेख्दै, चिठीको अन्तिममा ‘तिम्रो भ्यालेन्टाइन’ लेखेका थिए।

भ्यालेन्टाइनलाई रोमको प्राक्सेडिजमा गाडिएको थियो। सम्झनामा श्रीमती जुलियाले भ्यालेन्टाइको चिहान वरिपरि त्यतिबेला ‘अल्मोन्ड’का बिरुवा रोपेकी थिइन्। र, आज के विश्वास गरिन्छ भने त्यही अल्मोन्डको रुखलाई जीवन्त प्रेमको संकेतको रूपमा लिइन्छ।

हो, यही फ्रेबु्रअरी १४ अहिले विश्वभरि नै भ्यालेन्टाइन डे का नामले चर्चित छ। विशेषगरी बेलायत, क्यानडा, अमेरिका, मेक्सिको, फ्रान्स, अस्ट्रेलियाजस्ता देशमा यसलाई विशेष रूपमा लिइन्छ। तर विश्वव्यापीकरणसँगै हाल यो दवस विश्वका धेरै देशमा मनाइन्छ।

यसलाई वर्षभरिको सबैभन्दा ‘रोमान्टिक’ दिनको रूपमा प्रेमीहरु लिन्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...