मुख्य समाचार
कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा
कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा

: नेपालले कुवेतलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले कुवेतलाई डीएलएस मेथडमा ८ विकेटले हराएको हो।


डीएलएसबाट १२ ओभरमा ५० रनको लक्ष्य पाएको नेपालले ६.५ ओभरमा पूरा गरेको थियो। नेपालका लागि इन्दु बर्मा २२ रनमा अविजित रहिन्। त्यस्तै कविता कुँवर १ रन, सीता राना मगर १७ रनमा आउट भएकी थिइन्। कविता जोशी भने ४ रनमा अविजित रहिन्।

यसअघि कुवेतले निर्धारित ओभरको खेलमा ९ विकेटको क्षतिमा ७३ रन बनाएको थियो। खेलमा नेपालकी बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएकी थिइन्। रानामगरले १२.२ ओभरमा कुवेतकी ब्याटर प्रियदा मुरलीको विकेट लिएकी थिइन्। लगत्तै १२.३ ओभरमा रानामगरको बलमा काजल श्रेष्ठद्वारा कुवेतकी मारयम ओमर स्टम्प आउट भइन्।



१२ ओभरको चौथो बलमा कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काएकी हुन्। त्यसैगरी रुविना क्षेत्रीले २ विकेट र कविता कुँवरले २ विकेट लिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...