मुख्य समाचार
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘क्याथ ल्याब’ सुरु
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘क्याथ ल्याब’ सुरु

: लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा क्याथ ल्याब सेवा सुरु गरिएको छ। मुटुको परीक्षण गरिने उक्त ल्याब सेवा बिहीबारदेखि सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुदर्शन थापाले जानकारी दिए।


सेवा सुरु भएको पहिलो दिन गुल्मीका ७५ र ७२ वर्षीय एक/एक जना महिला पुरुषलाई सेवा दिइएको छ। विशेषज्ञ चिकित्सक नहुँदा उक्त सेवा विगत डेढ वर्षदेखि सञ्चालनमा आउन सकेको थिएन।

मेसु थापाका अनुसार करिब ६ करोड मूल्य बराबरका मेशिन र अन्य उपकरणहरू जडान गरिएको छ। क्याथ ल्याब सेवा सञ्चालनका लागि डा.अर्जुन बुढाथोकी र डा.रोशन घिमिरे करारमा आएका छन्। शल्यक्रियाविना नै मुटुका समस्याहरू क्याथ ल्याबबाट हेर्न सकिने चिकित्सकले बताएका छन्। खुम्चिँदै जान थालेको मुटुको भल्भ पनि घटाउन सकिने छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यस दिनमा अंगदानले जीवन बचाउने कुराबारे सचेतना फैलाउने काम गरिन्छ । साथै अंगदान गरी कसैको जीवन बचाउन योगदान गर्ने व्यक्ति र उसको परिवारको सम्मान स्वरुप यो दिवस मनाइन्छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबार विशेष कार्यक्रम आयोजना गरी विश्व अंगदान दिवस मनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा केन्द्रले समारोह आयोजना गरेको ...
सावधान ! सेयरको लोभ देखाउँदै आउने म्यासेज खोल्दा बैंक खाता रित्तिएला
— नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ३३ पुगेको छ । १० दिनअघि १३ जनामा संक्रमण पुष्टि भएको थियो भने यो क्रम रोकिने देखिँदैन । स्वास्थ्य मन्त्रालयका अनुसार जापानिज इन्सेफलाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने यो १८ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये मृत्यु हुने दर नौ प्रतिशतभन्दा बढी छ । संक्रमित ...
ट्रम्प र तानको सम्बन्धमा नयाँ मोड
भारतीय परराष्ट्र सचिव मिस्री आइतबार काठमाडौं आउँदै