मुख्य समाचार
गाजामा इजरायली आक्रमणबाट २८ हजार प्यालेस्टाइनीको मृत्यु
गाजामा इजरायली आक्रमणबाट २८ हजार प्यालेस्टाइनीको मृत्यु

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।


प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले गत वर्ष अक्टोबरमा इजरायल-हमास द्वन्द्व सुरु भएदेखि तटीय एन्क्लेभमा ६७ हजार ४५९ प्यालेस्टाइनीहरू घाइते भएको बताएको छ।

इजरायली सेनाको आक्रमणबाट विगत २४ घण्टामा १०७ प्यालेस्टाइनीहरूको मृत्यु भएको छ भने र १४२ अन्य घाइते भएका छन्। केही पीडितहरू भग्नावशेषमुनि पुरिएका बताइएको छ ।

यसै बीच प्यालेस्टिनी सुरक्षा स्रोतहरू र प्रत्यक्षदर्शीहरूले इजरायली विमानहरूले गाजा शहरका अल-रिमाल, अल-साबरा, अल-जायटौन, ताल अल-हवा र शेख अजलिन लगायतका धेरै घरहरूलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गरेका छन् ।

स्रोत सिन्ह्वालाई बताए अनुसार इजरायलको हवाई र आर्टिलरी बमबारी र ती क्षेत्रमा चल्ने सबै चीजहरूमा ड्रोन आक्रमणका कारण एम्बुलेन्सहरू लक्षित स्थानमा पुग्न सकेका छैनन् ।

यसैबीच, दक्षिणी गाजान शहर रफाहमा दुईवटा घरलाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा ८ प्यालेस्टाइनीको मृत्यु भएको चिकित्सा स्रोतहरूले बताएका छन्।
प्यारामेडिक्सका अनुसार दक्षिणी गाजाको सबैभन्दा ठूलो शहर खान युनिसमा इजरायलले चलाएको तोप गोलाबारीको कारण स्थिति तनावग्रस्त बनेको छ । साथै, मध्य गाजाको देइर अल-बालाह शहरमा इजरायली विमानले बमबारी गर्दा थुप्रै प्यालेस्टिनीहरू मारिएका छन् भने केही घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...