: अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै कुनै विवाद नभएको बताएका छन्। शुक्रबार आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिकको विषयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले मिडियामा आएजस्तो प्रधानमन्त्रीसँग कुनै तिक्तता नभएको स्पष्ट पारेका हुन्।
उनले भने,'प्रधानमन्त्री र अर्थमन्त्रीबीच कुरा मिल्या छैन। उहाँलाई कुनै जानकारी नदिइनकन बजेट कटौती गरियो। भन्याजस्तो न कटौती गर्याछ न उहाँसँग कुनै विवाद छ। हामीले सँगै अर्धवार्षिक प्रतिवेदनमा समीक्षा गर्यौं। आउने दिनमा यस्तो सिनारियो छ भनेर भनेकै छ। हाम्रो निरन्तर संवाद छ। '
मन्त्री महतले आर्थिक वर्षको बजेट कटौती नगरेको बताए। उनले अर्थमन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र निर्देशनअनुसार काम गरिरहेको दावी गरे।