मुख्य समाचार
क्यानडासँग उत्कृष्ट प्रदर्शन गर्ने साह र खनाल राष्ट्रिय टोलीमा समेटिए
क्यानडासँग उत्कृष्ट प्रदर्शन गर्ने साह र खनाल राष्ट्रिय टोलीमा समेटिए

: ओपनर अनिल साह र यु–१९ का कप्तान देव खनाल आइसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि टोलीमा समेटिएका छन्। घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा क्यानडासँगको तीन ओडीआई खेलमा शानदार प्रदर्शन गरेका साह र खनालको पनि इन्ट्री भएको हो।


क्यानले आज जारी गरेको सूचीमा शाह र खनालको पनि इन्ट्री भएपछि यसअघि घोषणा भएको टोलीबाट विकेटकिपर अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन्।

नेपालको टोलीमा क्यानडासँग सिरिजमा नभएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झालगायत टोलीमा छन्। ऐरी हाल यूएईमा चलिरहेको आइएलटी-२० मा गल्फ जायन्टसबाट खेलिरहेका छन्।

नेपालले बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ। २१ फेब्रुअरीमा नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्ने कार्यतालिका छ।
लगत्तै क्यानले नामिबिया र नेदरल्यान्ड्ससँग नै त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने कार्यतालिका बनाएको छ​

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...