मुख्य समाचार
क्रिकेट विश्वकप लिग २ : लयमा फर्कने नेपालको आशा
क्रिकेट विश्वकप लिग २ : लयमा फर्कने नेपालको आशा

— क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमै नामिबियासँग ४ विकेटको स्तब्धपूर्ण हार बेहोरेको नेपाल विजय यात्रामा फर्कन आतुर छ । तर, नेपालका लागि यो यात्रा सजिलो हुने छैन । नेपालले एसोसिएट क्रिकेटको शीर्ष टोली नेदरल्यान्ड्ससँग शनिबार खेल्दै छ ।

लिग २ मा नेदरल्यान्ड्सको यो पहिलो खेल हो । नेपाल आएर नेदरल्यान्ड्सले पहिलो पटक एकदिवसीय संरचनाको खेल खेल्दै छ । नोभेम्बरमा भारतमा भएको विश्वकपपछि नेदरल्यान्ड्सले पहिलो पटक ५० ओभरको खेल खेल्न लागेको हो । शीर्ष १२ राष्ट्रसँग २०१९–२३ को सुपर लिगको साइकलमा प्रतिस्पर्धा गरेको नेदरल्यान्ड्स पुनः लिग २ क्रिकेटमै फर्किएको हो ।

पछिल्लो एक वर्षमा सानदार प्रदर्शन गर्दै आएको नेपाललाई नामिबियाले स्तब्ध पारेको थियो । ब्याटिङमा हेलचेक्र्याइँ गरेको नेपाल उक्त खेलमा केवल १ सय ३२ रनमा अलआउट भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो न्युन स्कोर हो ।

नेदरल्यान्ड्ससँगको खेललाई दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन् । यूएईमा भइरहेको इन्टरनेसनल लिग ट्वान्टी–२० का लागि उनी दुबईमा गए पनि गल्फ जायन्ट्सले उनलाई ३ खेलमै सहभागी गराएन । गल्फको यात्रा बिहीबार सकिएसँगै दीपेन्द्र शुक्रबार साँझ नेपाल फर्किएका हुन् । दीपेन्द्रविना नेपाली टोलीको संरचनामा गहिरो असर परेको थियो । तर, प्रशिक्षक मोन्टी देसाईले टोलीका १४ जना नै प्लेयिङ ११ लाई सक्षम रहेको दाबी गर्दै आएका छन् ।


नेपालले नामिबियासँगको खेलमा मध्यक्रमका ब्याटर आरिफ शेखलाई पनि खेलाएन । आरिफ र दीपेन्द्र दुवै नेपालको प्लेयिङ ११ मा फर्किने सम्भावना छ । यस्तोमा अनिल शाह र पवन सर्राफले स्थान गुमाउन सक्छन् । देव्रेहाते स्पिनर ललित राजवंशीले नामिबियाविरुद्ध सुरुको २ विकेट लिएको प्रदर्शन हेर्दा सूर्य तामाङ पनि प्लेयिङ ११ मा अटाउन सक्छन् ।

भारतमा विश्वकप खेलेको टोलीका दुई प्रमुख खेलाडी कोलिन अकरमन र पाउल भान मिकरेन काठमाडौं आएका छैनन् । नेदरल्यान्ड्स टोलीमा रहेका ओलिभर इलेनाबस र कायल क्लेइनले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गर्न बाँकी छ । अलराउन्डरद्वय बास डी लिड र रोइफल भान डेर मर्बीका कारण नेदरल्यान्ड्स निकै बलियो देखिन्छ ।

विकेटकिपर स्कट इडवार्डसको कप्तानीमा नेदरल्यान्ड्सको टोली छ । विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिका र बंगलादेशमाथि विजय हात पार्दा इड्वार्डसले क्रमशः अविजित ७८ र ६८ रन बनाएका थिए । मिकरेन ४ विकेट लिँदै बंगलादेशविरुद्ध प्लेयर अफ द म्याच बनेका थिए ।

नेदरल्यान्ड्सविरुद्ध नेपालले तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छ । २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा २ खेलको शृंखलामा नेदरल्यान्ड्स र नेपालले १–१ खेल जितेका थिए । जुनमा दक्षिण अफ्रिकामा भएको विश्वकप छनोटमा नेदरल्यान्ड्सले नेपाललाई ७ विकेटले पराजित गरेको थियो । नेपालले १ सय ६७ रनमात्र बनाउन सकेको उक्त खेलमा ७५ बलमा ९० रन बनाउँदै म्याक्स ओ डोड प्लेयर अफ द म्याच बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...