मुख्य समाचार
युरोपेली च्याम्पियन्स लिग : पहिलो लेगमा पीएसजी र लाजियोको जित
युरोपेली च्याम्पियन्स लिग : पहिलो लेगमा पीएसजी र लाजियोको जित

— युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लाजियोले बुधबार आ–आफ्नो घरमा जित निकालेका छन् । केयलिन एमबापेले गोलको खाता खोलेपछि पीएसजीले रियल सोसिडाडलाई २–० ले हरायो । फ्रान्सेली च्याम्पियनका लागि ब्राडली बारकोलाले दोस्रो गोल थपे ।

पीएसजीले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन् र सोसिडाडविरुद्ध पनि उसको खेल राम्रो रहन सकेन् । अर्को खेलमा लाजियोले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई १–० ले हरायो । बायर्न खेलको अन्त्यमा १० खेलाडीमा सीमित रहेको थियो । उपामेकानोलाई रातो कार्ड देखाइएको हो ।

पछिल्लो पाँच दिनमा बायर्नको यो दोस्रो हार हो । यसअघि बुंडेसलिगामा उसलाई बायर लेभरकुजनले ३–० ले हराएको थियो । लाजियोको जितमा भने किरो इमोबाइलले पेनाल्टीबाट ६९ औं मिनेटमा निर्णायक गोल गरे । छ पल्टको विजेता बायर्नसामु एक गोलले पछाडि रहेको स्थिति उल्टाउने अवसर भने दोस्रो लेगको खेलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...