मुख्य समाचार
‘विद्युत् आयोजनाको बिमामा न्यूनतम शुल्क नतोक्नू’
‘विद्युत् आयोजनाको बिमामा न्यूनतम शुल्क नतोक्नू’

— अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत् आयोजनाको बिमामा न्यूनतम शुल्क (ट्यारिफ) नतोक्न बिमा प्राधिकरणलाई निर्देशन दिएका छन् । खुल्ला बजार नीतिअनुरूप जलविद्युत् आयोजनाको बिमा हुनुपर्ने भन्दै उनले बिमालाई प्रतिस्पर्धी (ननट्यारिफ) बनाउन निर्देशन दिएका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले एवन रिइन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा आयोजना गरेको नियमित कार्यक्रम फ्राइडे फोरमअन्तर्गत ‘जलविद्युत् बिमा नीति र दृष्टिकोण’ विषयक कार्यशालामा मन्त्री महतले ट्यारिफ र ननट्यारिफ भन्ने गलत अभ्यास भएको बताए । ‘बजारलाई स्वतन्त्र छोडिदिनुस्,’ उनले भने, ‘मार्केट रेटमा जानुस् । रियल रिस्क के हो, त्यसको आधारमा जानुस् । थोरै रिस्क हुनेले पनि धेरै तिर्ने कुरा जायज भएन ।’ जोखिम ट्रान्सफर गर्न बिमा गरिने भन्दै अर्थमन्त्री महतले सबैलाई एकैपटक समस्या नआउने र समस्या आएकाले समयमै दाबी भुक्तानी पाउनुपर्नेमा जोड दिए । बाढीले क्षति पुगेका आयोजनाले ९/९ महिनासम्म पनि दाबी भुक्तानी नपाउनु दुःखद् भएको भन्दै उनले ‘लिन मात्रै पाए हुन्थ्यो, दिन कहिले नपरे हुन्थ्यो’ भन्ने सोच नराख्न बिमा कम्पनीहरूलाई आग्रह गरे ।

व्यवसायीहरूले जलविद्युत् आयोजनाको बिमामा न्यूनतम शुल्क नतोकी प्रतिस्पर्धी बनाउन माग गर्दै आएका छन् । इप्पानका अध्यक्ष गणेश कार्कीले पनि आयोजनाको बिमा शुल्क प्रतिस्पर्धी बनाउनुपर्ने बताए । सरकारले २ रुपैयाँ तोके पनि जलविद्युत् आयोजनाको बिमितले ६ रुपैयाँ तिरिरहेको उनको भनाइ थियो । गएको बाढीपहिरोले ३१ वटा आयोजनामा क्षति पुगेको भन्दै उनले ७ अर्ब रुपैयाँ बिमा दाबी गर्दासमेत नपाएको सुनाए ।

पहिले बिमा पोलिसीमा ट्यारिफ रेट नहुँदा सहजै हुने जलविद्युत्को बिमा अहिले प्राधिकरणले जबर्जस्ती ट्यारिफ रेट लगाएपछि धेरै आयोजनाले बिमा नै नगरेको उनले जानकारी दिए । ‘जलविद्युत् आयोजनामा ४६ खर्ब लगानी गर्ने सरकारले भनिरहेको छ, नेपालको बिमा कम्पनीले गर्न सक्छ कि सक्दैन ? सक्दैन भने अन्तर्राष्ट्रिय स्तरमा जाने हो कि,’ कार्कीले भने । कार्यशालामा एवन रिइन्स्योरेन्स ब्रोकर्सका डेपुटी सीईओ नरेश श्रेष्ठले जलविद्युत् आयोजनाको निर्माणाधीन (सीएआर) र सञ्चालनमा आइसकेपछि (प्रोपर्टी पोलिसी) गरी दुई किसिमको बिमा हुने गरेको बताए ।


नेपाल बिमक संघका उपाध्यक्ष विरेन्द्र वैदवारले नेपालको समृद्धिका लागि हाइड्रोपावर निर्विकल्प भइसकेकाले हाइड्रो संरचनाको बिमा नेपाली बिमा कम्पनीको दायित्व भएको बताए । नेपाल बिमा प्राधिकरणकी कार्यकारी निर्देशक पुजन ढुंगेलले जलविद्युत्को बिमा शुल्कका विषयमा प्राधिकरण लचक रहेको बताइन् ।

‘ट्यारिफलाई अब ननट्यारिफ बनाउनुपर्छ, बिस्तारै डिट्यारिफ बनाउनुपर्छ,’ उनले भनिन्, ‘अस्वस्थ प्रतिस्पर्धाका कारण दर तय गरिएको थियो । दरको केसमा छलफल गर्न सक्छौं ।’ बिमालाई डिट्यारिफ गर्ने पर्याप्त पुनर्बिमाको व्यवस्था हुनुपर्ने पनि उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सामाखुसी यातायात प्रालिले सात करोड रुपैयाँ लगानीमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले नीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको बताए । ‘काठमाडौं उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौं’, उनले भने । काठमाडौंको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस ...
: चालु आर्थिक वर्षमा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयको राजश्व संकलनमा सुधार हुँदै आएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनयताका दुई महिना (भदौ र असोज) मा लगातार राजश्व संकलनमा सुधार आएको हो । गत असोजमा ड्राइपोर्ट भन्सारले लक्ष्यको ९०.३१ प्रतिशत राजश्व संकलन गरेको छ । जबकि गत भदौमा लक्ष्यको ८८.५० ...
: अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन,आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन,कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेशसम्म छन्। अर्थ मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौतीहरू रहेपनि पहिलेको तुलनामा ...
: नेपाल वायुसेवा निगमले न्यारोबडी र वाइबडी जहाजको असोज महिनाको किस्ता बुझाएको छ। अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो। लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ असोज महिनाको किस्ता बापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेका चार थान जहाजको किन्दा लिएको ऋणको किस्ता तिरेको छ । नेवानिले दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वको किस्ता बुझाएको हो । दुई न्यारो बडी जहाजको २०८१ असोजको किस्ता बापत पूरा र दुई वाइड बडीको ...