मुख्य समाचार
विश्व सामाजिक मन्चलाई गुटेरेसको सन्देश-'अनुचित वित्तीय प्रणालीलाई सुधार्न आवश्यक'
विश्व सामाजिक मन्चलाई गुटेरेसको सन्देश-'अनुचित वित्तीय प्रणालीलाई सुधार्न आवश्यक'

— संयुक्त राष्ट्र संघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले नेपालबाट बिहीबार भएको विश्व सामाजिक मन्चको उद्घाटन समारोहमा सन्देश पठाएका छन् । महासचिव गुटेरसले सन्देशमा एकता र सहयोगको भावनामा सँगै आएकोमा मन्चमा आएका सबैलाई धन्यवाद दिएका छन् ।

‘विश्व सामाजिक मन्चले आवाज उठाउन, सबैभन्दा कमजोरमा ध्यान केन्द्रित गर्न, आशा पुर्नस्थापित गर्न र मानिसहरू तथा ग्रहका लागि नवीन समाधानहरू खोज्न महत्वपूर्ण ठाउँको प्रतिनिधित्व गर्दछ,’ उनले सन्देशमा भनेका छन् ।


महासचिव गुटेरेसले द्वन्द्व र भूराजनीतिक विभाजन बढ्दै जाँदा साझा हितका लागि एकता महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । ‘हामीलाई दिगो विकास लक्ष्यहरू उद्धार गर्न विश्वव्यापी एकता चाहिन्छ । र, पुरानो, निष्क्रिय र अनुचित विश्वव्यापी वित्तीय प्रणालीलाई सुधार गर्न एकता आवश्यक छ,’ उनले भनेका छन् ।

महासचिव गुटेरसले हामीले जलवायु संकटलाई सम्बोधन गर्न पनि एकजुट हुनु पर्ने उल्लेख गरेका छन् । ‘मेरो हालैको नेपाल भ्रमणको क्रममा मैले देखेको छु, जलवायु परिवर्तनको अग्रपंक्तिमा रहेका देशहरूलाई अझ बढी सहयोगको आवश्यकता छ,’ उनले भनेका छन्,‘मेरो जलवायु एकता सम्झौताले ठूला उत्सर्जनकर्ताहरूलाई उत्सर्जन घटाउन थप प्रयासहरू गर्न र धनी देशहरूलाई उदीयमान अर्थतन्त्रहरूलाई त्यसो गर्न सहयोग गर्न आग्रह गर्दछ ।’

महासचिव गुटेरेसले हामीले समुदायहरू भित्र एकताबद्ध हुनै पर्ने बताएका छन् । उनले विश्वास, न्याय र समावेशीतामा आधारित, र मानवअधिकारमा आधारित नवीकरण गरिएको सामाजिक सम्झौताको साथमा एकताबद्ध हुनु पर्ने उल्लेख गरेका हुन् ।


उनले सन्देशमा भनेका छन्,‘निर्णय गर्ने टेबुलमा महिला, युवा र सीमान्तकृत व्यक्तिको सिट हुनुपर्छ । शान्ति, मर्यादा र दिगो विश्व मात्र सम्भव छैन, आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...