मुख्य समाचार
रुसी प्रतिपक्षी नेता नाभाल्नीको जेलमा निधन
रुसी प्रतिपक्षी नेता नाभाल्नीको जेलमा निधन

— रुसी प्रतिपक्ष नेता एलेक्सी नाभाल्नीको जेलमा निधन भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक ४७ वर्षीय नाभाल्नी सन् २०२१ दखि जेलमा थिए ।

नाभाल्नीलाई गत डिसेम्बरमा मात्रै ठाउँ सारेर साइबेरियास्थित आर्कटिक पेनल कोलोनीमा राखिएको थियो । उक्त जेल रुसकै कठोरमध्येको एक हो ।

नाभाल्नी पुटिनका सबैभन्दा कडा आलोचक हुन् । सुरूमा नाभाल्नीलाई आर्थिक हिनामिनाको मुद्धामा निलम्बन गरिएको सजायका शर्तहरू उल्लंघन गरेको आरोपमा साढे तीन वर्षको जेल सजाय सुनाइएको थियो ।

फेब्रुअरी २०२२ मा उनीविरुद्ध राजनीतिक संगठनलाई दिएको ४७ लाख डमेरिकी डलर चोरेको आरोपमा मुद्धा लगाइएको थियो । नाभाल्नीले सुनुवाईका क्रममा अदालतले आफ्नो जेल सजाय अनिश्चितकालका लागि बढाउने र त्यसमा आफूले केही गर्न नसक्ने बताएका थिए ।


उक्त मुद्धामा नाभाल्नीलाई अदालतले दोषी ठहर गर्दै पेनल कोलोनीमा ९ वर्षको सजायका लािग आदेश दिएको थियो । गत अगष्टमा उनको जेल सजाय बढाएर १९ वर्ष पुर्‍याइएको थियो । समर्थकहरूले नाभाल्नीलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका छन् ।

जेल प्रशासनले नाभाल्नी अचेत भएका र उपचारका लागि तत्कालै आपत्कालीन सेवालाई खबर गरिए पनि बचाउन नसकिएको जनाएको छ । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले नाभाल्नीको मृत्युबारे पुटिनलाई जानकारी गराएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...