मुख्य समाचार
बेलायती मन्त्री मिचेलको भ्रमण सर्‍यो
बेलायती मन्त्री मिचेलको भ्रमण सर्‍यो

— बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल र विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलको सोमबार र मंगलबार हुने भनिएको भ्रमण केही दिनपछिलाई सरेको छ ।

परराष्ट्र स्रोतका अनुसार मिचेल केही दिन बेलायतको संसद्मा व्यस्त हुनुपर्ने भएपछि भ्रमण पछि धकेलिएको हो । नयाँ मिति भने आइसकेको छैन । एक साता अघिमात्र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्स नेपाल भ्रमण गरी फर्केका थिए ।

भ्रमणको अवसरमा मिचेलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाल र बेलायत बीच सन् १९२३ को शान्ति तथा मैत्री शान्ति हस्ताक्षर भएको थियो । त्यसै अवसरमा बेलायतबाट नेपालमा भ्रमणहरु बढिरहेका छन् । बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्सले माघको तेस्रो साता नेपालको चार दिने भ्रमण गरि फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायल र लेबनानबीच युद्धविरामको सम्झौता गर्ने तयारी भइरहेको छ । यसबारे छलफल गर्न इजरायलको मन्त्रिपरिषद् बैठक बस्दै छ । यो बैठकमा ६० दिन युद्धविराम गर्ने र लेबनानको भूमिबाट इजरायली सेना फिर्ता हुने प्रस्तावबारे छलफल हुने बीबीसीले जनाएको छ । इजरायलले लेबनानमा रहेका इरान समर्थित लडाकु समूह हिजबुल्लाहमाथि आक्रमण गर्दै आएको छ । प्रत्युत्तरमा लेबनानले पनि इजरायलमाथि ...
। पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन गरेको छ । भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानी इस्लामावादमा विशाल प्रदर्शन गरेका छन् । उनीहरुलाई रोक्ने प्रयास गर्दा प्रहरीसँग झडप पनि भएको थियो । सोमबारको प्रदर्शन हिंसात्मक बन्दा ६ जनाको मृत्यु भएको छ । १०० भन्दा बढी प्रहरीहरु ...
: भारतका अर्बपति गौतम अडानीको सेयर मूल्यमा एकै दिन १९ प्रतिशतसम्म गिरावट आएको छ। अमेरिकामा धोकाधडीको आरोप लागेपछि बिहीबार अडानीको कम्पनीका सेयर मूल्य ह्वात्तै घटेको हो। बम्बे स्टक एक्सचेन्जका अनुसार अडानीका तीन कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको हो। अडानीको एनर्जी सोलुसन्स लिमिटेडको १९.५० प्रतिशत, अडानी इन्टरप्राइजेजको १८.७६ प्रतिशत र अडानी पोर्ट्सको ११.९४ प्रतिशत सेयर मूल्य ...
: कांग्रेस नेतृ प्रियंका गान्धी वायनाड लोकसभा उपनिर्वाचनमा विजयी भएकी छन्। उनले नकम्युनिस्ट पार्टीका सत्यन मोकेरी र भारतीय जनता पार्टीकी नव्या हरिदासलाई पराजित गरेकी हुन्। प्रियंकाले ६ लाख २० हजार बढी मत ल्याइन्। प्रतिद्वन्द्वी र उनको मतान्त्रर चार लाख बढी रहेको छ। राहुल गान्धीले उक्त क्षेत्रको सिट छाडेपछि उपनिर्वाचन भएको थियो। यसअघि भएको लोकसभा निर्वाचमा राहुल ...
: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। झडपमा ४७ जना घाइते भएको पाकिस्तानी सुरक्षा अधिकारीले शनिबार एएफपीलाई बताएका छन्। स्मरण रहोस्, पाकिस्तानको सोही क्षेत्रमा दुई दिनअघि भएको साम्प्रदायिक झडपमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो। 'शिया र सुन्नी समुदायबीच विभिन्न स्थानमा लडाइँ जारी छ। पछिल्लो रिपोर्टअनुसार १४ सुन्नी र १८ ...