मुख्य समाचार
नेपालको नेदरल्यान्ड्सविरुद्ध प्रभावशाली जित
नेपालको नेदरल्यान्ड्सविरुद्ध प्रभावशाली जित

— नेपालले नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको विजय हात पार्दै विश्वकप लिग-२ क्रिकेटमा लयमा फर्किएको छ । नेपालले शनिबार १ सय ३८ रनको लक्ष्य १५.२ ओभरमै १ सय ४१ रन बनायो । नोभेम्बरमा भारतमा सम्पन्न विश्वकपपछि एकदिवसीय क्रिकेटमा पहिलो खेल खेलिरहेको नेदरल्यान्ड्सलाई नेपालले कुनै मौका नै दिएन ।

कुशल भुर्तेलले आक्रामक इनिङ्स खेल्दै नेपालको सुरुआत गरेका थिए । उनले ११ बल खेली २ चौका र ३ छक्का प्रहार गरी २८ रन बनाएका थिए । त्यसपछि आसिफ शेख र अनिल साहले ठूलो शटहरू खेलेपछि नेपालले १० ओभरमा १ सय रन जोडेर उत्कृष्ट सुरुआत गरेको थियो ।

आसिफ र अनिलले दोस्रो विकेटमा १ सय ५ रनको साझेदारी गरे । अनिलले आर्यन दत्तको बलमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले २९ बलमै अर्धशतक पूरा गरेका थिए । पछिल्ला चार खेलमा उनले तेस्रो पटक ५० रनमाथिको स्कोर बनाएका हुन् ।

अनिल ५७ र आसिफ ५४ रन बनाई क्रिजमा रहे । अनिलले कुल ३६ बल खेली ६ चौका र ४ छक्का तथा आसिफले ४५ बल खेली ८ चौका र १ छक्का प्रहार गरे । नेपालको आक्रामक ब्याटिङपछि नेदरल्यान्ड्सका अफ स्पिनर दत्तले ३ ओभरमा ४४ रन खर्चन पुगेका थिए ।

यसअघि नेपालले टस जितेपछि उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै ब्याटिङको निम्ता दिएको नेदरल्यान्ड्सलाई ३९ ओभरमा १ सय ३७ रनमा अलआउट गरेको थियो । कुशलले भुर्तेलले सानदार बलिङ गर्दै नेदरल्यान्ड्सलाई सानो स्कोरमा रोक्न भूमिका खेले ।


त्रिवि क्रिकेट मैदानमा नेपाल पहिलो ओभरबाटै खेलमा हाबी भएको थियो । सोमपाल कामीले पहिलो ओभरमै डेब्यु गरिरहेका माइकल लेभिटलाई थर्डमा देव खनालबाट क्याच गराई नेपाललाई सानदार सुरुआत दिलाएका थिए ।

एक छक्का प्रहार गरेका म्याक्स ओ डड १० रन बनाई रन आउट भए । साइब्रान्ड इन्जेलब्रेट र बास डी लेडले तेस्रो विकेटमा ३८ रनको साझेदारी गरे । ललित राजवंशीले इन्जेलब्रेटलाई २३ रनमा आउट गरी यो साझेदारी तोडेका थिए । उनले ५३ बल खेल्दै ३ चौका प्रहार गरे ।

लेडले ४४ बल खेली ३ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाए । उनलाई ललितले उत्कृष्ट बलमा बोल्ड गरेका थिए । नोह क्रोस १२ रन बनाई रनआउट भए । कुशल मल्लले आफ्नै बलिङमा फ्लो थ्रोमा नियन्त्रण गर्न खोजेको बल स्टम्पमा लागेपछि क्रोस आउट भएका थिए ।

कुशल भुर्तेलले आफ्नो पहिलो ओभरमै वेस्ली वारेसीलाई शून्यमा आउट गरी नेपालको दबदबालाई कायम राखे । कप्तान रोहित पौडेलले सरिज अहमदलाई १ रनमा बोल्ड गरी खेलमा नेपालको दबदबा कायम राखे । भुर्तेलले आर्यन दत्तलाई १० रनमा आउट गरे । भुर्तेलले अर्को महत्त्वपूर्ण विकेट लिनेक्रममा कप्तान स्कट इडवार्डसलाई एलबीडब्लू आउट गरे । इडवार्डसले ४९ बल खेली १ चौका प्रहार गरी ३३ रन बनाए ।

भिभिएन किङमालाई २ रनमा आउट गरी उनले चौथो विकेट लिए । आफ्नो ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका भुर्तेलले ७ ओभरमा २० रनमात्र खर्चेका थिए । यसअघिका खेलहरूमा उनको नाममा ४ विकेटमात्र थियो । ललितले २ विकेट लिनेक्रममा १० ओभरमा ३२ रन खर्चे ।

नेपाल बिहीबार नामिबियाविरुद्ध पहिलो खेलमा अप्रत्याशित रूपमा ४ विकेटले पराजित भएको थियो । नामिबियाले टस जितेपछि ब्याटिङका लागि आएको नेपाल १ सय ३२ रनमा अलआउट भएको थियो । त्यही भएर नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । इन्टरनेसनल लिग ट्वान्टी-२० मा गल्फ जायन्ट्सबाट सहभागी हुन दुबई जाँदा दीपेन्द्रले नामिबियासँगको खेल गुमाएका थिए । दीपेन्द्रलाई पवन सर्राफको स्थानमा ल्याइएको छ । त्यस्तै देव खनाललाई करण केसीको स्थानमा खेलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...