मुख्य समाचार
इजरायली हवाई आक्रमणबाट एक सयको मृत्यु
इजरायली हवाई आक्रमणबाट एक सयको मृत्यु

— इजरायली सेनाले गाजाको रफाह सहरका विभिन्न स्थानमा गरेका आक्रमणमा करिब एक सय प्यालेस्टिनी मारिएका छन् । मृत्यु हुनेमध्ये कैयौं बालबालिका तथा महिला छन् । प्यालेस्टाइनको रेड क्रेसन्ट सोसाइटीले रफाहमा भीषण आक्रमण गरिएको र कम्तीमा सय जनाको ज्यान गएको जनाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले इजरायललाई रफाहमा आक्रमण नगर्न आग्रह गरेका थिए । रफाहमा हाल कम्तीमा १५ लाख मानिसले आश्रय लिएका छन् । तीमध्ये अधिकांश मानिसहरू गाजाका अन्य ठाउँबाट भागेर त्यहाँ पुगेका हुन् । रफाहमा भएका मानिसहरू अब जाने कुनै पनि सुरक्षित ठाउँ नरहेको बताइएको छ ।

इजरायली सेनाले आक्रमणपछि रफाह सहरबाट हमासले बन्धक बनाएका दुई इजरायली पुरुषलाई मुक्त गरिएको जनाएको छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफले) ले मुक्त भएका बन्धकहरू फर्नान्डो साइमन मार्मन र लुई हारको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ । रफाह सहरमा आक्रमण गरेको जनाए पनि इजरायलले विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेयता गाजा क्षेत्रमा तनाव जारी छ । उक्त आक्रमणमा एक हजार दुई सय इजरायलीको ज्यान गएको थियो । हमासले इजरायली क्षेत्रबाट २ सय ५३ जनालाई बन्धक बनाएर लगेको थियो । त्यसयता इजरायलले गरेका आक्रमणमा कम्तीमा २८ हजार एक सय प्यालेस्टिनीको ज्यान गइसकेको छ । ६७ हजार ५ सयभन्दा बढी घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...
। अमेरिकाको म्यानहाटन नजिकको हडसन नदीमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जनाको ज्यान गएको छ। एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको बीच पर्ने नदीको दुवै किनारमा आपतकालीन उद्धार कार्य सञ्चालन गरिएको थियो। न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिँदै भने, ‘दुर्घटनामा स्पेनबाट आएको एक परिवार र पाइलटसहित तीन ...