मुख्य समाचार
साफ महिला यु-१६ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
साफ महिला यु-१६ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

। यही फागुन १८ देखि २७ गते (मार्च १-१०) सम्म नेपालमा हुने साफ महिला यु-१६ च्याम्पियनसिपका लागि नेपालको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक चक्र तामाङले शनिबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाल, भारत, बंगलादेश र भुटान गरी दक्षिण एसियाका चार राष्ट्र सहभागी हुने च्याम्पियनसिप ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ ।

प्रतियोगिताको उद्धघाटन खेल भारत र भुटानबीच फागुन १८ गते हुनेछ । घरेलु टोली नेपालले आफ्नो पहिलो खेल फागुन १९ गते बंगलादेशसँग खेल्नेछ । यस्तै नेपालले फागुन २१ गते भुटान र फागुन २४ गते भारतसँग खेल्नेछ ।

लिग चरणले सबै टोलीले एक आपसमा खेलेपछि शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि फाइनल खेल हुनेछ ।

च्याम्पियनसिपको यो छैटौं संस्करण हो । यसअघि यो प्रतियोगिता यू-१५ र यू-१७ को नाममा हुँदै आएको थियो भने यस पटक यू-१६ फर्म्याटमा हुन लागेको हो ।

सन् २०१७ मा यू-१५ को नामबाट सुरु भएको यस प्रतियोगिताको चौथो संस्करणमा नेपालले उपाधि जितेको थियो । २०२३ मा पहिलो पटक यू-१७ च्याम्पियनसिप हुँदा भने नेपाल चौथो भएको थियो । जहाँ आमन्त्रित टोलीको रुपमा सहभागी भएको युरोपियन राष्ट्र रुसले उपाधि जितेको थियो ।

२०२२ मा नेपालले उपाधि जित्दा टिममा रहेकी भूमिका बुढाथोकी यस पटक पनि नेपाली टोलीमा छन् ।

नेपाली टोली

गोलकिपर : झरना डुम्राकोटी, सुनिता स्याङ्तान, लक्ष्मी ओली

डिफेण्डर : दिक्षा रायमाझी, रेजिना लामा, मीना चन्द, कृतिशा तामाङ, अंशु विक, मीनमाया श्रेष्ठ, एलिजा विक, ज्ञानुडोल्मा लो

मिडफिल्डर : भूमिका बुढाथोकी, आशिका कार्की, बबतिका कार्की, आयुषा रेउले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना विक, सबिना तामाङ

फरवार्ड : पूजा गिरी, अनिता रानामगर, यमकुमारी विक, पूर्णिमा थारु ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...