। युरोपियन च्याम्पियन्स लिग अन्तर्गत प्रि क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ ।
गएराति भएको खेलमा पीएसजीले स्पानिस क्लब रियल सोसिडाडलाई २-० ले हरायो । पीएसजीले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
किलिएन एमबाप्पेले ५८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि ब्राडली बार्कोलाले ७०औं मिनेटमा गोल गरे ।
यी दुई टोलीबीच दोस्रो लेगको खेल ५ मार्चमा सोसिडाडको घरेलु मैदानमा हुनेछ ।