मुख्य समाचार
वर्ल्ड गभर्मेन्ट समिटमा शाहरुख खानले भने- म लिजेन्ड होइन, बन्ड हुँ
वर्ल्ड गभर्मेन्ट समिटमा शाहरुख खानले भने- म लिजेन्ड होइन, बन्ड हुँ

। बलिउड सुपरस्टार शाहरुख खान बुधबार ‘वर्ल्ड गभर्मेन्ट समिट’ विश्व सरकार शिखर सम्मेलनको मञ्चमा देखिए । यूएईको दुबईमा भइरहेको यो ग्लोबल इभेन्टमा शाहरुखले आफ्नो ट्रेडमार्क हाँसोका साथ खुलेर कुरा गरे ।

भारतमा मात्रै होइन, विश्वभरका शाहरुखका फ्यान उनलाई हलिउड फिल्ममा हेर्न चाहन्छन् । उक्त सम्मेलनको स्टेजमा कालो सूटमा बसेका शाहरुखलाई होस्टले उक्त सम्मेलनमा शाहरुखलाई ‘लिजेण्ड’ भनेर परिचय गराएका थिए ।
उनलाई हलिउडका चर्चित जासूस नायक ‘जेम्स बन्ड’को भूमिका निर्वाह गर्न चाहनुहुन्छ कि ? भनेर होस्टले सोधे । शाहरुखले निकै रमाइलो पारामा भने, ‘तिमी धेरै प्यारो छौ, तर म लिजेन्ड होइन, म बन्ड हुँ । जेम्स बण्ड ।’

शाहरुखले भने, ‘म बन्ड बन्न चाहन्छु, तर त्यसका लागि म सानै छु ।’ उनको जवाफ सुनेर कार्यक्रममा उपस्थित निकै हाँसे । यसपछि जब शाहरुखलाई सोधियो- बन्ड फिल्ममा खलनायक बन्नेबारे के सोच्नुहुन्छ, त्यहाँ शाहरुखले भने, ‘यसका लागि म एकदमै रिसाएको छु ।’ शाहरुखले हलिउड फिल्ममा खलनायकको भूमिकामा एसियाली र ब्राउन व्यक्तिलाई कास्ट गर्नेबारे यस्तो अचम्मको ठट्टा गरे, जसमा उपस्थित हाँसे र ताली बजाए ।

वचनको पक्का छन् शाहरुख

आज शाहरुखको स्टारडम कुन स्तरमा छ र कति लामो समयदेखि छ भन्ने कुरा केही मान्छेमा स्वतः आउँछ । ‘मैले मेरो आमाबाबुलाई चाँडै गुमाएँ र मसँग कुनै विकल्प थिएन । म एक जवान अनाथ थिएँ र मैले केही काम गर्नुपर्थ्यो । म सधैं विश्लेषण गर्ने प्रयास गर्छु कि म के गर्छु, किन म हरेक बिहान उठ्छु र फेरि त्यही काम गर्छु, सायद मैले गरेको कामले मलाई यो सिकायो,’ शाहरुख भन्छन् ।

शाहरुखले हरेक बिहीबार मुम्बईस्थित आफ्नो घरमा दुई घण्टा नुहाउने गरेको बताए । ‘मेरो शरीरसँगै मैले गरिरहेको काम पनि धोइन्छ,’ उनले भने । उनलाई होस्टले नुहाउने बेला कुन विशेष तेल र कुन विशेष सुगन्धको प्रयोग गर्नुहुन्छ भनेर सोधे । शाहरुखले यो बचपना प्रश्न भन्दै जवाफ दिए, ‘आऊ मसँग नुहाउन, म एक अभिनेता हुँ, म तिमीलाई देखाउँछु ।’

फिल्म हिट वा फ्लप हुनेबारे होस्टले सोधे, ‘म इमान्दारीपूर्वक भन्न सक्छु कि तपाईंलाई पैसाको आवश्यकता नै छैन ।’ शाहरुखले तुरुन्त भने, ‘होइन, मलाई पैसाको खाँचो पर्छ । यो नुहाउने तेल निकै महंगो पर्छ ।’

जब शाहरुखलाई नियमित शाहरुख खानको फिल्मको अर्थबारे सोधियो । उनले आफू कहिल्यै पनि लभर ब्वाय बन्न नचाहेको बताए । शाहरुखले आफू कहिल्यै पनि सपनfको व्यापारी वा लभ गिभर टाइपको हिरो पनि बन्न नचाहेको बताए । उनी सधैं एक्सन हिरो बन्न चाहन्थे । तर दर्शकले उनमा माया फैलाउने र आशा दिने नायक देख्न थाले ।

शाहरुखले आफूले निराशावादी र दुःखी कथावस्तुको फिल्म गर्न नचाहेको बताए । उनले यसअघि यस्ता फिल्म गरेपनि उनी आफ्ना फिल्मबाट दर्शकमा आशा जगाउन चाहन्छन् ।

उनले दुबईमा रहेको आफ्नो घर संसारकै उत्कृष्ट ठाउँमध्ये एक भएको बताए । ‘मलाई यहाँ कसैले हैरान बनाउन सक्दैन र प्रधानमन्त्रीले पनि भर्खरै आफू पनि नजिकै बस्ने बताउनुभएको छ । त्यसैले मेरो अर्को नयाँ वर्षको पार्टी उहाँसँगै हुनेछ । उहाँ असल छिमेकी हुनुहुन्छ,’ उनले भने ।

किन हलिउडमा काम गर्न चाहँदैनन् शाहरुख ?

शाहरुख भन्छन्, ‘मलाई बलियो ढंगबाट क्रसओभरको काम कसैले पनि प्रस्ताव राखेको छैन । आफ्ना मनपर्ने कुरा कसरी दर्शकमाझ पुर्‍याउने भनेर मैले सिकिरहेको छु । त्यसो भए म आफ्नो कामलाई फैलाउन सुरु गर्छु । मलाई हलिउड वा इङ्ल्याण्डमा त्यस्तो शक्तिशाली फिल्मको अफर आएको छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...
। अष्ट्रेलियाली पूर्वक्रिकेटर तथा चर्चित ब्याट्सम्यान डेभिड वार्नर फिल्म क्षेत्रमा देखिने भएका छन् । वार्नरले भारतको तेलुगु फिल्म निर्देशक भेन्की कुदुमुलाको आगामी एक्सन ड्रामा ‘रोबिन हुड’बाट डेब्यु गर्दैछन् । वार्नरले सोसल मिडिया प्लाटफर्म एक्समा पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । जसमा उनले फिल्ममा काम गर्न निकै उत्साहित रहेको बताएका छन् । यो फिल्मलाई मैत्री मूभि ...