मुख्य समाचार
लमजुङमा अफ्रिकन स्वाइन फिभर नियन्त्रणमा
लमजुङमा अफ्रिकन स्वाइन फिभर नियन्त्रणमा

— लमजुङको मध्यनेपाल नगरपालिका-४ मा किसानले खोरमा पालेको सुँगुरमा १ महिनाअघि देखा परेको अफ्रिकन स्वाइन फिभर तत्कालका लागि नियन्त्रणमा आएको छ ।

उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य अफ्रिकन स्वाइन फिभरको जोखिम उच्च रहे पनि हाललाई अरु ठाउँमा नसरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ ।



विज्ञ केन्द्रका सूचना अधिकारी पशु सेवा प्राविधिक सुस्मिता अधिकारीले हालसम्म मध्यनेपाल नगरपालिका-४ को ३ वटा खोरमा १५ वटा सुँगुर मरेको बताइन् । उनका अनुसार सुरेश बानियाको १३ वटा साथै बुद्धिबहादुर सुनार र रुपबहादुर कुमालको १–१ वटा सुँगुर मरेको छ । एउटा सुँगुर बराबर कम्तीमा १५ हजार रुपैयाँका दरले किसानलाई २ लाख २५ हजार रुपैयाँ घाटा लागेको उनले बताइन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. सुनील न्यौपानेका अनुसार मध्यनेपाल नगरपालिका ४ का ३ वटा खोरमा पालिएको सुँगुरमा देखिएको अफ्रिकन स्वाइन फिभर अन्य ठाउँमा सरेको पुष्टि भएको छैन । खोरमा पालिएका अन्य सुँगुरलाई छुट्टै राखिएको उनले बताए । यो रोग छिटो मात्रामा तत्कालै फैलिने भएकाले अहिले नियन्त्रणमा आएको जस्तो देखिए पनि कुनै पनि समय अरु सुँगुर, बंगुर तथा बँदेल प्रजातिका चौपायमा देखा पर्न सक्ने उनले बताए ।

तनहुँसंग सिमाना जोडिएको यो क्षेत्रका खोरमा पालिएका सुँगरमा १ महिनाअघि अफ्रिकन स्वाइन फिभर देखिएको थियो । मान्छेमा नसर्ने तर, मानिसका माध्ययबाट छिट्टै यो रोग सुँगुरबुंगरमा सर्ने भएकाले सतर्कता अपाउनुपर्ने केन्द्रप्रमुख डा. न्यौपानेले बताए ।


अफ्रिकन स्वाइन फिभर पुष्टि भएसँगै लमजुङका ८ वटै स्थानीय तहमा सुँगुर, बँगुरको ओसारपसारमा रोक लगाइएको छ । यी स्थानीय तहमा एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा सुँगुरबंगुर लान र ल्याउन स्थानीय तहको पशु पन्छी शाखाले प्रतिबन्ध लगाएको छ ।

भेटेरिनरी अस्पतालले अन्यत्र जिल्लाबाट सुँगुरबंगुर ल्याउन प्रतिबन्ध लगाएको छ । यो रोग लागिसकेपछि नियन्त्रणमा लिन गाह्रो हुने भएकाले सतर्कता अपाउनु नै एकमात्र उपाय रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । अफ्रिकन स्वाइन फिवरका कारण गतवर्ष बेंसीसहरको एउटा खोरमा मात्रै डेढसय बंगुर मरेकोमा यसवर्ष मध्यनेपाल नगरपालिकामा यो रोग देखा परेको हो ।

यसबाट बच्न नियमित रूपमा फार्म वा खोर वरपर चुना, फिनेल वा भिर्कोन छर्न, रोगको लक्षण देखापरेमा बंगुरलाई बथानबाट छुट्याएर राख्न, बंगुर मरेमा राम्रोसँग खाड्ल खनेर गाड्न र बंगुरमा समस्या देखिएमा नजिकको पशु सेवा शाखा वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्न पशु चिकित्सकहरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यस दिनमा अंगदानले जीवन बचाउने कुराबारे सचेतना फैलाउने काम गरिन्छ । साथै अंगदान गरी कसैको जीवन बचाउन योगदान गर्ने व्यक्ति र उसको परिवारको सम्मान स्वरुप यो दिवस मनाइन्छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबार विशेष कार्यक्रम आयोजना गरी विश्व अंगदान दिवस मनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा केन्द्रले समारोह आयोजना गरेको ...
सावधान ! सेयरको लोभ देखाउँदै आउने म्यासेज खोल्दा बैंक खाता रित्तिएला
— नेपालमा जापानिज इन्सेफलाइटिस संक्रमितको संख्या ३३ पुगेको छ । १० दिनअघि १३ जनामा संक्रमण पुष्टि भएको थियो भने यो क्रम रोकिने देखिँदैन । स्वास्थ्य मन्त्रालयका अनुसार जापानिज इन्सेफलाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने यो १८ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये मृत्यु हुने दर नौ प्रतिशतभन्दा बढी छ । संक्रमित ...
ट्रम्प र तानको सम्बन्धमा नयाँ मोड
भारतीय परराष्ट्र सचिव मिस्री आइतबार काठमाडौं आउँदै