मुख्य समाचार
नामिवियाविरुद्ध नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ गर्दै
नामिवियाविरुद्ध नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ गर्दै

। नेरदल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिवियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दैछ ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नेदरल्यान्ड्सका स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् र उनले टोलीमा दुई परिवर्तन गरेका छन् ।

नेपालसँग पहिलो खेलमा ९ विकेटले पराजित भएको नेदरल्यान्ड्सले रोलेफ मान डर मर्वे र तेजा निडामानिरुलाई आज खेलाएको छ । शरि अहमद र वेस्ली ब्यारेसीलाई आज बेन्चमा राखेको छ ।

उता नामिबियाले टोलीमा एक परिवर्तन गरेको छ । नेपालविरुद्ध डेब्यू खेल खेलेका ज्याक ब्रासेललाई बाहिर राख्दा जेपी कोट्जीलाई खेलाएको छ । जेपी शीर्षक्रमका ब्याटर हुन् ।

नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो ।

नेदरल्यान्ड्सको प्लेइङ ११

म्याक्स ओडाउड, नोआह क्रस, आर्यन दत्त, तेजा निडामानिरु, स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर), माइकल लेभिट, भिभियन किंग्मा, स्याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वे, बास डि लिडे र क्याइल केलिन ।

नामिबियाको प्लेइङ

जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिथ, माइकल भान लिंगेन, निकोल लोफ्टि९इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, बर्नार्ड स्कोल्ज र जेपी कोट्जे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...